१४ औँ महाधिवेशनबाट निर्वाचित आधिकारिक काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै

Spread the love

Spread the love१४ औँ महाधिवेशनबाट निर्वाचित आधिकारिक नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बोलाइएको छ। बिशेष महाधिवेशनको नाममा सेटिङ्गबाट लुटिएको आरोप लागेका गगन थापा नेतृत्वलाइ एमालेबाट मनोनित निर्वाचन आयुक्तले वैधानिकता दिएपनि अर्को पक्षले सर्वोच्च अदालतमा मुद्दा दिएको छ।  १४ औं महाधिवेशनका आधिकारिक सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले कांग्रेसको गतिविधि सुरु गरेका छन।…

Read More

दशकौं पछि पहिलो दलिय बहुमत सभासदहरुको संसद् बस्न राष्ट्रपतिद्वारा आह्वान

Spread the love

Spread the loveदशौकौं पछि पहिलो पटक एक दलले बहुमत प्राप्त गरेको नेपाली संसदको अधिवेशन बस्न नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले चैत १९ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन। यस पहिला मन्त्रिपरिषद् बैठकले सो प्रस्ताब पारित गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। मन्त्रीपरिषदको सिफारिस अनुसार राष्ट्रपति पौडेलले संयुक्त अधिवेशनको आह्वान गरेका हुन्। 

Read More

एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य शर्मा बालश्रम गराएको आरोपमा पक्राउ

Spread the love

Spread the loveनेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन। काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई धुम्बराहीस्थित उनको घरबाटै आइतबार राती करिब ११ बजे प्रहरीले पक्राउ गरेको जनाइएको छ। उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप थियो तर त्यसलाई पूर्व एमालेले जोगाएको थियो। त्यहि फाइल अहिले खुलेको हो। 

Read More

UNDO सभापति लामा नेतृत्वको टिमले परराष्ट्रमन्त्री खनाल र ऊर्जामन्त्री श्रेष्ठसंग भेटघाट गर्यो

Spread the love

Spread the loveमार्च २९, २०२६ आइतबार United Nepali Diaspora Organization (UNDO) का सभापति सोनाम लामाको नेतृत्वमा सचिव डा. संगीता कार्की र कोषाध्यष उल्का घिमिरे सहितको टिमले सम्पूर्ण डायस्पोरा नेपालीहरुको प्रतिनिधित्व गर्दै माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनालज्यू तथा माननीय उर्जामन्त्री श्री विराज भक्त श्रेष्ठज्यूसँग शिष्टाचार भेटघाट गर्यो।  सो अबसरमा उहाँहरूलाई सफल कार्यकालको हार्दिक बधाई तथा आगामी…

Read More

तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ भव्य रूपमा सम्पन्न

Spread the love

Spread the loveपर्यटक कलाकारको स्वागत गर्ने नेपाली लोकसांस्कृतिक आधार भन्ने मूल नारासहित एभरेस्ट नेपाल  कल्चरल  ग्रुपको आयोजनामा सम्पन्न तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। उक्त मेला यही चैत्र ५ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको थियो। कार्यक्रमको उद्घाटन काठमाडौंमा भएको थियो भने पाँचखाल, पोखरा, बुढानिलकण्ठ, बसन्तपुर, पाटन दरबार क्षेत्र लगायत विभिन्न विद्यालयहरूमा सांस्कृतिक…

Read More

पूर्वप्राधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाइ थुनामा राखेरै अनुसन्धान गर्ने आदेश

Spread the love

Spread the loveपूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै सो आरोपमा अदालत पुर्याएपछि थुनामा राखेरै अनुसन्धान गर्न आदश भएको छ। त्यसपछि बिरामीको कारण ओलीलाइ त्रिवि शिक्षण अस्पतालमै राखिएको छ भने लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमै राखिने भएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले…

Read More

कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरणको कारण पक्राउ

Spread the love

Spread the loveनेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि आइतबार बिहान पक्राउ परेका छन्।सो कुरा गृहमन्त्री सुदन गुरुङले आफ्नो फेसबुकमा पोस्ट गरेका छन। उनलाई सीआईबीको टोलीले महाराजगन्जबाट पक्राउ गरेको हो ।  ‘तपाईंलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ (दफा…

Read More

रास्वपाका नेता बालेन शाह सरकारका शासकीय सुधारका ‘१०० कार्यसूची’ (लिस्ट)

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र ‘बालेन’ शाहको नेतृत्वको सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी ‘१०० कार्यसूची’ सार्वजनिक गरेको छ। नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत गरिएका शासकीय सुधारका १०० कार्यसूची १. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो। २. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने। ३. सबै दलका प्रतिबद्धता…

Read More

२०४८ यताका सार्वजनिक पदधारण गरेका सबैको सम्पत्ति छानबिन गरिने

Spread the love

Spread the loveनेपाल सरकारको मार्च २७, २०२६ शुक्रबार सबेको मन्त्रिपरिषद् बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि वि.सं. २०४८ सालदेखि हालसम्म सार्वजनिक पदमा रहेका राजनीतिक नेता तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ। सरकारको शासकीय सुधार सम्बन्धी ‘१०० कार्यसूची’ अनुसार सो निर्णय गरिएको हो। यस निर्णय कार्यान्वयनका लागि आगामी १५ दिनभित्र एक शक्तिशाली अधिकार…

Read More

आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म विद्यार्थीलाई आन्तरिक परीक्षा लिन नपाइने

Spread the love

Spread the loveनेपाल सरकारको मार्च २७, २०२६ शुक्रबार सबेको मन्त्रिपरिषद् बैठकले कक्षा ५ सम्मका विद्यार्थीलाई आगामी शैक्षिक सत्रदेखि आन्तरिक परीक्षा लिने कार्य बन्द गराउने निर्णय गरेको छ।  सरकारले तयार गरेको शासकीय सुधारसम्बन्धी ‘१०० कार्यसूची’ को ८९ नम्बरका रहेको यो ब्यस्बस्था अनुसार भएको निर्णयमा, ‘कक्षा ५ सम्मका विद्यार्थीलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द…

Read More

अपराध, भ्रष्टाचार र प्रतिसोध नगरेको भए कानुनि फन्दामा पर्दैनथे, मरिचमान त परेनन

Spread the love

Spread the loveनेपालका करिब-करिब सबैजसो जनसंख्याले बुझेको कुरा चाहिं पाप या अधर्म गरे पापी भइन्छ र पापको भोग पछि दु:ख पाइन्छ भन्ने हो। मैले पनि बालपनामा यहि सुनेको, सिकेको हो। त्यसको अर्थ अहिले बुझ्दैछु। नेपाली राजनीतिमा मात्र होइन जनप्रशाशन र अन्य क्षेत्रमा पनि बिशेष गरेर २०४६/२०४७ पछि पाप, अपराध, जनहत्या, भ्रष्टाचार, ढिला-सुस्ती, कुशाशन धेरै भएको…

Read More

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ज्यानमुद्दामा पक्राउ

Spread the love

Spread the loveजेनजी आन्दोलनको क्रममा भएको दमन आदेशबाट भएको हत्याको आरोपमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओलीलाइ नियन्त्रणमा लिएको हो।  गत भदौ २३ गतेको भएको जेनजी आन्दोलनमा गोली हान्ने आदेश दिएर १९ जनाको ज्यान जाने…

Read More

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखकलाई जनहत्या आरोपमा गिरफ्तार

Spread the love

Spread the loveनेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनमा जनहत्या गर्न आदेश दिएको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लेखकलाई प्रहरी परिसर भद्रकाली राखेर प्रारंभिक अनुसन्धान गरिनेछ। उनलाई भक्तपुरको कटुन्जेस्थित उनकै निवासबाट बिहानै प्रहरीले पक्राउ गरेको हो।  बालेन शाहको नेतृत्वमा बनेको सरकारको पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको…

Read More

संसदमा मेजोरिटी लिडर चयनसंगै बालेन शाहको सुरक्षा बढाइयो

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाइ रास्वपाले दलनेता चयन गरेसंगै उनको सुरक्षा संसदमा मेजोरिटी लिडर अर्थात प्रधानमन्त्रीको हैसियतमा लागिएको छ। प्रहरी प्रधान कार्यालयले बुधबारदेखि सइ दर्जाका प्रहरीलाई उनको सुरक्षामा खटाएको छ। यसका साथै उनलाई अन्य सुरक्षा पनि बढाइएको छ।  प्रहरी प्रधान कार्यालयका अनुसार हाल सांसद र भावी प्रधानमन्त्रीका रूपमा सुरक्षा चुनौतीको दृष्टिकोणले…

Read More

रास्वपा सभापति लामिछाने र हाउस मेजोरिटी लिडर शाह मन्त्री चयन बैठकमा ब्यस्त

Spread the love

Spread the loveनेपालको संसदले चैत्र १२, २०८२ शुक्रबार सांसदहरुको शपथ ग्रहण सम्पन्न गरेसंगै रास्वपाले प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहलाइ मेजोरिटी लिडर चयन गरेको छ। त्यससंगै उनले चैत्र १३ मा प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयसंगै मन्त्रिमण्डल गठनको लागि पनि तयारी गरेको छ। मन्त्रीको नाम छान्न पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह छलफलमा छन्। यो…

Read More

रास्वपा नेता शाह संसदमा मेजोरिटी लिडर सर्व-सम्मत, प्रधानमन्त्रीको लागि सिफारिस

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र ‘बालेन’ शाह संसदको मेजोरिटी लिडरमा सर्व सम्मत निर्वाचित भएका छन्। बिहिबार चैत्र १२, २०८२ का दिन पार्टीको मुख्यालय घन्टीघरमा बसेको बैठकले सो निर्वाचन गरेको हो।  रास्वपाका प्रवक्ता तथा सांसद मनिष झाका अनुसार पार्टी कार्यालयमा बसेको पार्टीको केन्द्रीय समिति, संसदीय दलको संयुक्त बैठकले शाहलाइ संसदीय दलको…

Read More

रास्वपा केन्द्रीय समिति बैठक बिहिबार बसेर संसदीय दलको नेता चयन गर्ने

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक चैत्र १२, २०८२ बिहिबार बस्ने भएको छ। बैठकले बालेन शाहलाई दलको नेता छान्ने र उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने बताइएको छ। सो पछि बालेन शाहलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयलाई जानकारी गराइनेछ। फागुन २१ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत ल्याएकाले संविधानको धारा ७६ (१)…

Read More

प्रतिनिधिसभाका निर्वाचित सदस्यको शपथ बिहिबार हुँदै

Spread the love

Spread the loveनवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ चैत्र १२, २०८२ (मार्च २६, २०२६) बिहिबार गरिने निर्धारित मिति तय भएको छ। शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुने छ। सो को लागि संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको…

Read More

अमेरिकी बिशेष दुत गोरद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई ज्ञापन

Spread the love

Spread the loveसंयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन्। नेपालमा रहेको अमेरिकी दूतावासका अनुसार विशेष दूत गोरले मंगलबार टेलिफोनमार्फत लामिछानेलाई बधाई दिँदै रास्वपाको विजयप्रति शुभकामना व्यक्त गरेका हुन्। टेलिफोन संवादका क्रममा उनले अमेरिका नेपालको नयाँ…

Read More

सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

Spread the love

Spread the loveनेपाल प्रहरी काठमाडौं, सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-८ दारीमबोट घर भएका २२ वर्षीय अशोक लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पीडितको अन्तरङ्ग तस्विर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण भइरहेको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनी…

Read More