निजामती सेवा विधेयक पुरानै अवस्थामा लैलानुपर्छ:डा. कोइराला

नेपाली कांग्रेसका नेता तथा सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले निजामती सेवा विधेयकमा परिवर्तन गरिएकोमा असंतुषित प्रकट गर्दै त्यसलाई पुरानै अवस्थामा लैजानुपर्ने अभिव्यक्ति दिएका छन्। “यो विधेयक अनधिकृत रूपमा परिवर्तन हुनुलाई घोर अपराध र सांसदको अपमान हो।’ कोइरालाले कुलिङ पिरियड नराखी विधेयकका काम कारबाही अगाडि बढाउन नहुने हो। यो देश र जनता प्रति गरिएको घोर अपराध…

Read More

कांग्रेस केन्द्रीय समिति बैठकमा भ्रातृ संगठनको महाधिवेशनका लागि जोड

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ। बैठकमा १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन र प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार सम्बन्धमा…

Read More

नेपाली एशोसियसन अफ नर्दन क्यालिफोर्नियाको अध्यक्षमा कार्की

क्यालिफोर्निया जुलाई १/नेपाली एशोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) १७ औ कार्यसमितिको अध्यक्षमा प्रितेश कार्की निर्वाचित भएका छन्। जुन २९, २०२५ आइतबार सम्पन्न अधिवेशनबाट प्रितेश कार्कीको अध्यक्षतामा बनेको कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष बरिष्ठ उपाध्यक्षमा यज्ञ नेपाल, उपाध्यक्ष पशुपति कडेँल, महासचिव दीपक दाहाल, कोषाध्यक्ष सुवास शाह ठकुरी निर्वाचित गरेको छ। सन् १९९४ मा स्थापना भएको न्यान्स अमेरिकामा गठित…

Read More

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिकाले मनायो साकेला उभौली

अमेरिका, युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरले साकेला उभौली कार्यक्रम सम्पन्न गरेको छ। साकेला कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्कका लागि नेपाली कन्सुलेट महावाणिज्यदूत दधिराम भण्डारीले अमेरिका वसाई र व्यस्त समयका वावजुद पनि सस्कृतिमुलक एवम् महत्वपूर्ण कार्यक्रम गर्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिएका थिए। नछुङ्ग धामी पदम बहादुर राईले साकेला पूजा गर्दै उपस्थित सबैलाई टिका…

Read More

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि, सरकार बदलिने संकेत

नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय गरेको छ। आइतबार पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यी एजेन्डा तय गरेको हो।  पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा गठबन्धन सरकारको कामकारबाही, भ्रातृ संस्थाहरूको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरणलगायतका विषयमा छलफल हुनेछ। केन्द्र र प्रदेश सरकारमा…

Read More

एनआरएनमा मुर्दा बोक्ने तस्कर समूह बद्रि केसीहरुको सर्बत्र किकआउट

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाइ नेपालको सर्वोच्च अदालतको परमादेश अनुसार सम्पन भएको महाधिवेशनबाट महेश श्रेष्ठको नेतृत्वमा निर्बिरोध नेतृत्व चयन भएको छ। त्यसलाई नेकपा एमाले र कांग्रेसका महामन्त्री गगनकुमार थापा अनि ४ सय करोड तस्कर आरोपी गृहमन्त्री रमेश लेखकको आडमा मुर्दा भएको उनको पद जिउँदो छ भन्दै आएका बद्रि केसीहर सर्वत्र नै किकाउट भएका छन्। उनीहरुको…

Read More

न्यूयोर्कमा आदिवासी जनजाति महासंघको सांकृतिक साँझ सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) को आदिवासी जनजाती साँस्कृतिक साँझ न्यूयोर्कमा सम्पन्न भएको कुरा आयोजकहरुले बताएका छन्। शुक्रबार न्युयोर्कको वुडसाईड स्थित गुलशन टेरेश हलमा १८ वटा फिप्नाका सदस्य संस्थाहरु र विभिन्न नेपाली संघ तथा सँस्थाहरूको उपस्थितिमा उक्त सांस्कृतिक साँझ सम्पन्न भएको हो। कार्यक्रममा फिप्नाका सदस्य संस्थाहरुले आ-आफ्नो संस्कृति झल्किने जनजाति भेषभुषा सहित सांस्कृतिक नृत्य…

Read More

विधेयक पारितसंगै गृहमन्त्री लेखकलाइ हजार करोडको काण्डगर्ने बाटो खुल्यो

हस्त लिखित नेपाली राहदानी बोकेर अमेरिका पुगेका (नाम फेरिएको) हर्बिंदर सिंह शर्मा थापा, मशहर सायद फहिम नेपाली, अञ्जली कौर जस्ता बंगाली, पंजावी मुलका व्यक्तिहरु नेपाली सक्कली राहदानी नविकरण गर्न नेपाली राजदूतावासमा निवेदन दिन्छन। कहिले काहीं कुनै कारणले यिनीहरु नेपाली मुलका भएको या नभएको भनेर अमेरिकी अध्यागमन बिभागले भेरिफाइ गर्न नेपाली राजदूतावासमा पठाउँछ। यति मात्र होइन…

Read More

पूर्वराष्ट्रपति भण्डारीको एमाले कम्ब्याकले डराएका खड्गप्रसाद शर्माओली

नेकपा एमाले संसदमा दोश्रो ठुलो दल हो। यसका अध्यक्ष वर्तमान प्रधानमन्त्री समेत रहेका खड्गप्रसाद शर्माओली छन्। माधव नेपाल र भिम रावलको बहिर्गमनपछि आफू सुरक्षित भएको साफ फेरेका ओलीलाइ पूर्वराष्ट्रपति बिद्या भण्डारीको एमालेमा कम्ब्याक घोषणापछि धेरै डर पैदा भएको छ। एउटा त उनका पछाडी गुण्डा, तस्कर, बापती, बलत्कारी सबै छन् अर्को तिर राष्ट्रपति भैसकेकी भण्डारीको व्यक्तित्व…

Read More

पूर्वराष्ट्रपति भण्डारीको उद्घोष, ‘मदनको नीति विद्याको नेतृत्व’

प्रधानमन्त्री तथा कम्युनिष्ट पार्टी एमालेका अध्यक्षले खड्गप्रसाद शर्माओलीले पूर्व नेता मदन भण्डारीलाइ स्वार्थको लागि प्रयोग गरे अनि भण्डारीको नामै र नीति दुवै दबाए।  मदन भण्डारी कम्युनिष्टहरुलाइ हत्याको बाटोबाट निस्केता प्रताजन्त्रको बाटोमा ल्याउने नेता हुन्। उनले आफ्नो नीतिलाइ “जनताको बहुदलीय जनावाद” भनेर ब्याख्या गरेका थिए। त्यहि नीतिलाइ मानेर भण्डारीले पूर्व राजा बिरेन्द्रबीर बिक्रम शाहलाइ पनि की…

Read More

कोषाध्यक्ष श्रेष्ठको पहलमा कांग्रेसको मुख्यालयसँग जोडिएको अर्को भवन खरिद

नेपाली कांग्रेसको कोषाध्यक्षमा मनोनित् भएपछि पाटीको सम्पत्ति बढाउन लागि परेका छन्। त्यसैको नतिजाहो आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिदको लागि बैना समेत गरेको छ। तर तिनै कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री भएपछि मानव तस्करी गरेर ४ सय करोडको तस्करी गरेको कुरा ब्यापक छ। अहिलेको…

Read More

राष्ट्रपति भण्डारीको एमाले कम्ब्याक ओलीकै डमी या ओलीलाइ चुनौती?

सजिलो अर्थमा हेर्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र वर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच अध्यक्षमा लड्ने सम्मको टकराव पत्याउन कठिन हुन्छ। यी दुवै नेता एकै सुरुवालका दुइ खुट्टा मानिन्छन। यसर्थ पूर्वराष्ट्रपति भण्डारीलाइ ओलीले अरु नेता नआउन भनेर रोक्नको लागि डमी नेता बनाएको भन्ने कुरा राजनैतिक विश्लेशकहरुको छ। तर पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीबारे प्रधानमन्त्री…

Read More

बैरागी नेतृत्वको समितिले साँच्चै सुन-पानी छर्कन तर छानबिन नगर्ने

एमाले-कांग्रेसको सत्ता साझेदारीमा ४ सय करोड भन्दा धेरै मानव तस्करी गरेको आरोप लागेका गृहमन्त्री रमेश लेखककै प्रस्तावमा उनकै स्वविवेकले बनाइएको पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा बनाइएको छानविनको उच्चस्तरीय समितिले सो काम नगर्ने भएको छ। समितिलाई नीतिगत र प्रक्रियागत समस्या पहिचान गरी सुधारका सुझाव दिन टीओआर दिइपछि सो समितिले अनियमितताको छानबिन नगर्ने जनाइएको छ। यस्तो अनुसन्धान आयोगले…

Read More

डा वाग्लेले टालटुले सुनपानी समिति भनेर बोल्दैमा सभामुखद्वारा माइक च्वाट्टै

सबैलाई जग-जाहेर भएकै कुरा हो की प्रजातन्त्र भएको देशमा संसदका प्रमुख ठुला दलले सत्ता साझेदारी गर्दैनन। त्यो प्रजातन्त्रको बिरुद्धमा हुन्छ। संसदमा ठुलो दलले सरकारको नेतृत्व गर्ने र अन्य दलले साझेदारी गर्ने हुन्छ। तर दोश्रो ठुलो दल प्रतिपक्षमा रहन्छ। अथवा दोश्रो ठुलो दलले सरकार बनाएमा पहिलो ठुलो दल प्रतिपक्षमा बस्छ। तर नेपालमा भने संसदका प्रमुख दुइ…

Read More

सेटिङ्गमा प्रतिपक्ष सखाप पार्ने एमाले-कांग्रेस खेल, पूर्व प्रम नेपाललाइ धरौटीमा छाड्न आदेश

नेपालको प्रशाशन र सरकारी वकीलको कार्यालय करिब-करिब एमालेकारण रहेछ। भागबण्डामा मनिनित र पदोन्नति गर्दा कांग्रेसले आफ्नो भाग पनि एमालेवालालाइ बेच्दा रहेछन। एमालेले आफ्नैसँग झोला भरेर भर्ती गर्दो रहेछ। त्यसैले होला एमाले अध्यक्षले आफूलाइ झोले स्विकारेको। त्यसै चंगुलमा माफियाहरुद्वारा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई पनि जोडियो। सोहि काण्डमा थुनामा…

Read More

रेफ्यूजी-असाइलीका फेमिली पिटिशन संबन्धि नयाँ नीति

U.S. CITIZENSHIP AND IMMIGRATION SERVICES (USCIS) ले रेफ्यूजी-असाइलीका स्पाउस (श्रीमान-श्रीमती) को पिटिशन फाइल गर्नको लागि नयाँ नीति घोषणा गरेको छ। एजेन्सीको Volume 4 – Refugees and Asylees मा उल्लेख गरिए अनुसार, राष्ट्रपति डनल्ड ट्रंपको कार्यकरी अध्यादेशलाइ अध्याबधिक गर्नको लागि नयाँ नीति तयार पारिएको हो। मार्च ३, २०२५ देखि लागु गरिएको नयाँ नीति अनुसार पिटिशनको लागि…

Read More

राष्ट्रपति ट्रम्पले इजरायल र इरानबीच युद्धविराम सम्झौता हुने बताएका छन्

सिएनएनले सम्प्रेषण गरेको समाचार अनुसार अमेरिकी राष्ट्रपति डनल्ड ट्रंपले इजरायल र इरानबीच युद्धविरामको घोषणा गरेका छन्। राष्ट्रपति ट्रंपले सोमबार साँझ इजरायल र इरानबीच युद्धविरामको घोषणा गरे गर्दै यो स्थायी हुने आशा व्यक्त गरे। कतारले युद्धविराममा मध्यस्थता गरेको कुरा सिएनएनले बिशेष श्रोतको हवाला दिएको छ। सोमबार कतारको रक्षा मन्त्रालयले कतारमा रहेको अमेरिकी अल उदेइद एयर बेसलाई लक्षित…

Read More

एनआरएन एकतामा प्रधानमन्त्री ओली सधैं बाधक:अध्यक्ष श्रेष्ठ

अमेरिका-गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठले एनआरएन एकतामा प्रधानमन्त्री केपी शर्मा ओली नै बाधक बनिरहेको टिप्पणी गरेका छन्। हाल अमेरिकाको भ्रमणमा रहेका अध्यक्ष श्रेष्ठले आफ्नो सम्मानमा  एनआरएनए अमेरिकाद्वारा आयोजित  कार्यक्रममा त्यस्तो  बताएका हुन् । सर्वोच्च अदालतको परमादेशबाट गठित  उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका श्रेष्ठले परराष्ट्र मन्त्रालयले मान्यता दिएर पत्राचार…

Read More

डिजिटल खाडल घटाउनु नै युवालाई सशक्त बनाउने मुख्य उपाय

काठमाडौँ-बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी  परामर्श कम्पनी जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपाल जस्ता विकासशील देशका  युवाहरूलाई सशक्त बनाउन डिजिटल खाडल अन्त्य गर्न अत्यावश्यक रहेको बताएका छन्। अमेरिकाको सियाटलमा अमेजन वेब सर्भिसेज (एडब्लुएस)  एम्बेसडर ग्लोबल समिट २०२५ मा एक प्रस्तुति दिंदै सन् २०२४ मा बेलायत र आयरल्याण्डका लागि  शीर्ष एडब्लुएस…

Read More

मलाइ बिरोध गर्ने जति योगी हुन्:प्रधानमन्त्री ओली

बोलीको ठेगान नभएका नेपालका प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आफूलाई सर्वत्र बिरोध भएको स्विकारे तर अफूबाट कुनै पनि गलत भएको स्विकारेनन। यो उनको कम्युनिष्ट चरित्र नै हो, उखान भन्ने, बिरोधीलाइ सखाप पार्ने आफूलाइ भाइगिरी संझने। प्रधानमन्त्री ओलीले ललितपुरमा ११ औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।…

Read More