Headlines

प्रतिनिधिसभाको बिशेष अधिवेशन बोलाउन आवश्यक २५, पुग्यो ४० प्रतिशत

नेपालको प्रतिनिधिसभासभाका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका २५ प्रतिशत सांसदले संसद बोलाउन पाइन्छ। वर्तमान खड्गप्रसाद ओली सरकारले संसद् नबोलाएकाले विपक्ष दलहरुले केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन्।

नेपालको ससदमा जनवरी २६, २०२० देखि १८ सेप्टेम्बर २०२२ सम्म पाँचौं सभामुखको रुपमा काम गरेका पूर्व सभामुख सापकोटाले  संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने मध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै भएकाले सोहि अनुसार गर्न लागिएको बताएका छन्।विपक्षी दलहरूले संघिय मात्र होइन सातवटै प्रदेशमा विशेष अधिवेशन बोलाउने कुरा पनि उनले बताएका छन्। 

अहिले नेपालको संसदमा सभामुख र उपसभामुख समेत २७५ सीट छ। वर्तमान संबिधानका अनुसार २७५ जनाको संसदमा सभामुख र उपसभामुख गन्दा ६९ जना नगन्दा ६७/६८ जनाले संसद बोलाउँदा बिशेष अधिवेसन बोलाउने कोरम पुग्छ। 

अहिलेको विपक्षी दलहरुको संख्या माओवादी ३२, रास्वपा २१, नेकपा एकिकृत १०, जनमतपार्टीको ६ जोड्दा ६९ हुनपुग्छ। यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संसद बोलाउने कुरामा सहमति जनाएको छ। त्यो १४ सिट जोड्ने हो भने ८३ हुनपुग्छ। एमाले र कांग्रेस इतर दल र २ स्वतन्त्र जोड्दा जम्मा हुन् आउने १०८ सीट हुन्छ। त्यो भनेको करिब ४० प्रतिशत हुन आउँछ।