नेपाल सरकार मन्त्रिपरिषद सूचनाबाट/नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक तथा मौलिक ज्ञानका अन्वेषक राष्ट्रगुरु योगी नरहरिनाथको योगदानको सम्मान गर्दै उहाँकै नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने भएको छ। विश्वविद्यालयको सिनेट बैठकले यससम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरेको हो।
नेपालको मौलिक इतिहास, संस्कृत वाङ्मय र दर्शनको वैज्ञानिक अध्ययन तथा अनुसन्धानलाई समयसापेक्ष र प्रविधिमैत्री बनाएर अघि बढाउन यो केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसले प्राज्ञिक अन्वेषणलाई तीव्रता दिनुका साथै संस्कृत विश्वविद्यालयलाई अनुसन्धानको विशिष्ट केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्याउनेछ।
