प्रधानन्यायाधीश राउत सेवानिवृत्त भएपछि बरिस्ठताका आधारमा मल्ल कायममुकायम
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएपछि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधानलाइ कायममुकायमको जिम्मेवारी दिइएको छ। विंस २०८१ असोज २० मा प्रधानन्यायाधीश नियुक्त भएका राउत ६५ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश भएका हुन्।सोहि दिनदेखि वरिष्ठतम् न्यायाधीश मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन्। प्रधान न्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका…
