४ दर्जन जति ऐनका विधेयक मस्यौदा बन्दै

नेपाल सरकारले दर्जनौ नयाँ ऐन, संसोधन र प्रतिस्थापन गर्न मस्यौदा बनाउन थालेको छ। तत्काल १०० भन्दा धेरै ऐन नयन र संसोधन हुनुपर्ने कुरा आएका छन्। त्यो पहिलो चरणको हो तर यस्तो कानुन बन्ने र संसोधन गर्ने काम नियमित हुनेछ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र २२ वटै मन्त्रालयले व्यस्त रहेका छन्। भनीए अनुसार सार्वजनिक…

Read More

न्यायाधीश नियुक्ति (Meritocracy) योग्यता र प्रतिस्पर्धाका आधारमा गर्ने

नेपाल सरकारले अब न्यायाधीशहरुको नियुक्ति योग्यता (Meritocracy) र प्रतिस्पर्धात्मक बिधिबाट गर्ने भएको छ। सरकारले बाँकी ५ दल समेतको घोषणा पत्र समेत समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ प्रतिवेदन सार्वजनिक गर्दै कुरा उल्लेख गरेको छ।  सरकारले सुसाशन र भ्रष्टाचार नियन्त्रण शीर्षकमा सरकारले नियुक्तिमा इमानदारी र नैतिकता परीक्षणको विधि अवलम्बन गर्ने जनाएको छ।राज्यका विभिन्न निकायमा कार्यरत कर्मचारीमा दलीय आबद्धता अन्त्य…

Read More

प्रधानमन्त्री शाहले समानुपातिक सांसदसँग छलफल गर्ने

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक तर्फका सांसदहरुसँग प्राधानमन्त्रीको कार्यलयमा बुधबार दिउँसो १२ बजे भेटघाट र छलफल गर्ने भएका छन्।  यसपूर्व नै सांसदहरूलाई आ-आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्न अनुरोध गरिएको कुरा प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि बालेनले प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभाका सांसदसँग प्रदेशअनुसार भेटेर छलफल गरेका थिए।

Read More

२१ घण्टामा तेहरान टुंगोमा जान नमानेको उपराष्ट्रपति भ्यान्सको दावी

पाकिस्तानमा हुँदै गरेको अमेरिका-इरान शान्ति वार्ता २१ घण्टामा पनि टुंगोमा नपुगी रोकिएको छ। इरानले टुंगोमा जान नमानेको भन्दै उपराष्ट्रपति जेडी भ्यान्स बताए। अब अमेरिकी प्रस्तावमा इरान नगएकाले आउने परिस्थितिको दोषी इरान हुने कुरा उनको दावी छ। तर उनले अब के गर्ने भन्ने कुरा स्पस्ट बताएनन।  अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले फेब्रुअरी २८ , २०२६ देखि इरान…

Read More

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

नेपाल प्रहरी, नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔषध गाँजा करिब १८ किलो ६ सय ८८ ग्राम सहित सोही ठाउँ बस्ने ६० वर्षीया बेली बनियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो। ललितपुर, गोदावरी नगरपालिका-५ लेलेबाट अवैध…

Read More

प्रहरी महानिरीक्षक कार्कीबाट प्रहरी कार्यालयहरूको मर्मत एवम् पुन:संभार कार्यमा सहयोग पुर्‍याउने व्यक्तित्वहरू सम्मानित

नेपाल प्रहरी काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जेन-जी आन्दोलन पश्चात प्रहरी कार्यालयहरूको मर्मत एवम् पुन:संभार कार्यमा सहयोग पुर्‍याउने Rotary President Action Group का पदाधिकारीहरूलाई सम्मान गर्नुभएको छ । प्रहरी महानिरीक्षक कार्कीले जिल्ला प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित विशेष समारोहमा रोटरी क्लबका पदाधिकारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको हो । गत भदौ २३ र २४…

Read More

अमेरिका-इरान शान्ति वार्ता सुरु उपराष्ट्रपति भ्यान्सले अमेरिकी नेतृत्व गरिरहेका छन्

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले फेब्रुअरी २८ मा इरान विरुद्ध सैन्य कारबाहीको घोषणा गरेका थिए। करिब डेढ महिनाको युद्धमा थुप्रै अमेरिकी सेनाको समेत मृत्यू र युद्ध जहाज लगायतको क्षती भयो। उता इरानका ठुला नेताहरु मारिए र भौतिक र नागरिकहरुको हताहत र क्षती ठुलो संख्यामा भयो।  इजरायलले एक्लै र अमेरिकासंग मिलेर इरान र आसपासका ठाउँमा ठुलो क्षति…

Read More

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

नेपाल प्रहरी काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर, बकैया गाउँपालिका-१२ बस्ने ३० वर्षीया वास्ना माया योञ्जन, काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने २३ वर्षीय आयुष केसी, दोलखा भिमेश्वर नगरपालिका-४ बस्ने ५६ वर्षीया सुष्मा तामाङ र धादिङ थाक्रे गाउँपालिका-७ बस्ने ४२ वर्षीय हरी शम्शेर रायमाझी…

Read More

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

नेपाल प्रहरी काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने बझाङ घर भएका २१ वर्षीय नरेन्द्र बहादुर धमेना, ललितपुर, महालक्ष्मी नगरपालिका-४ बस्ने कैलाली घर भएका २७ वर्षीया दर्शना भण्डारी र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने…

Read More

प्रधानमन्त्री शाहले राजदूतहरु र नियोग प्रमुखहरूसंग औपचारिक भेटघाट गरे

प्रधानमन्त्री बालेन शाहले नेपालका लागि विदेशी राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसंग भेटेर आफ्नो सरकारको प्राथमिकताबारे संयुक्त रूपमा ब्रिफिङ गरे। सो क्रममा उनले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई रहने, छिमेकी राष्ट्र, मित्र राष्ट्रहरुसँग विकास साझेदारसँग सम्बन्ध अझै बनाउने प्रतिबद्धता व्यक्त गरे। सो भेटमा संयुक्त राज्य अमेरिका, भारत, चीन, कोरिया गणराज्य (दक्षिण), बेलायत, पाकिस्तान, कतार, स्विट्जरल्यान्ड,…

Read More

म जे बोल्छु त्यहि कुरा पार्टीको लाइन हो: एमाले दलनेता थापा

नेकपा एमालेका नेकपा एमालेका कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापाले आफूले सदनमा जे बोल्यो त्यहि नै पार्टीको आधिकारिक नीति र मान्यता अनुरुप हुने बताएका छन। उनले पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।  आफूले दिएको अभिव्यक्तिपछि उपाध्यक्ष विष्णु पौडेलले लेखेको स्टाटसलाइ संकेतगर्दै भने, ‘अस्ति संसद्को पहिलो बैठकमा मैले दलको नेताको हैसियतमा…

Read More

प्रधानमन्त्री शाहले नेपालका लागि राजदूतहरूसँग सामूहिक भेट गर्दै

नेपालका प्रधानमन्त्री बालेन शाहले सिंहदरबारको आफ्नो कार्यसभाहलमा नेपालका लागि राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने र सो अबवासरमा परराष्ट्रमन्त्री शिशिर खनालसहित मन्त्रिपरिषद्का अन्य सदस्यहरुको समेत सहभागिता रहनेछ। प्रधानमन्त्रीले एक्ला-एक्लै भेट्ने चलनलाइ फरक रुपमा यो पटक सामुहिक भेटघाट गर्न लागिएको हो।  सो अवसरमा सामूहिक संवादमा नयाँ कूटनीतिक मर्यादाको मापदण्ड निर्धारण गर्ने कुरा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा असीम शाहले बताएका…

Read More

Easter Sunday अर्थात क्राइष्ट बौरिएर उठेको विश्वाश गरिएको दिन

Easter Sunday ‘इस्टर सन्डे’ ईसाई विश्वासको एउटा अत्यन्तै ठुलो आधारशिला मानिन्छ। यो दिन येशू ख्रीष्टलाइ क्रूसमा टाँगिएको र उनि तीनदिन पछि बौरिएर उठेको अर्थात पुनरुत्थान भएको, मुक्ति पाएको विश्वासमा यो उत्सव मनाइन्छ।  तर क्रिष्टको यो पुनरुथान भएको कुरामा भने धार्मिक रुपमा फरक मत छन्। यसमा पहिलो उत्सव कहिले र किन भयो भन्ने बिषयमा अझै विवाद…

Read More

सभामुख अर्यालद्वारा पदभार ग्रहण

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा नव निर्वाचित सभामुख डोलप्रसाद  ‘डिपी’ अर्यालले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्यै सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहाली गरेका छन्। त्यहाँ सभामुख अर्याललाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय लगायतका कर्मचारीहरुले स्वागत गरेका थिए। पद बहालीपछि नव निर्वाचित सभामुख अर्यालले यस पटकको बलियो प्रतिपक्ष भनेको नै जनता भएकाले जनताका…

Read More

अब सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको ४० घण्टा अर्थात ५ दिन काम

नेपाल सरकारको आइतबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने र पाँच दिन काम गर्ने निर्णय गरेको छ। यो निर्णय २३ चैतबाट लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। तर शैक्षिक संस्था बाहेकका कार्यालयको समय ९ देखि ५ बजेसम्म हप्ताको ४० घण्टा तोकिएको छ।

Read More

सभामुखमा रास्वपाका डीपी निर्वाचित भएको आधिकारिक घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल संघीय प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएको कुरा आज बसेको प्रतिनिधिसभा बैठकमा औपचारिक रुपमा घोषणा गरियो।  रास्वपाका उपसभापति अर्याल संघीय प्रतिनिधि सभाका १० औँ सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्। आइतबारको प्रतिनिधि सभामा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे। नवनिर्वाचित सांसद अर्याल फागुन…

Read More

रविको सामाजिक विभेदविरुद्धको माफीलाइ भारतीया संसदमा उदाहरण र आवाज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा सामाजिक र जातीय विभेदविरुद्ध राज्यद्वारा भएको अन्यायलाइ आफ्नो दल, सरकार र इतिहास देखिकै राज्य शक्तिको तर्फबाट माफी मागे। उनको यो मर्मस्पर्शी अभिव्यक्ति र माफी मगाइले बिश्वभरि चर्चा बढेको छ। यति मात्र होइन समान सामाजिक ब्यबस्था र प्रचलन रहेको भारतमा यसको ठुलो उदारहणको रुपमा लिइएको छ। इतिहासमा…

Read More

प्रतिनिधिसभाका सभामुखमा डिपी अर्याल, शपथ ग्रहण ३ बजे

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधिसभाका सभामुखमा निर्बिरोध निर्वाचित भएपछि आइतबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिने भएका छन्। निर्वाचित सभामुख अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद अर्याल शुक्रबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका…

Read More

रास्वपाका सभापति लामिछानेले संसदबाटै दलित समुदायसँग माफी मागे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालका दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक माफी माग्दै उक्त माफीको मूल्य न्यायमार्फत सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्ययोजनामा दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी माग्ने उल्लेख  छ । प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा मन्तव्य दिने क्रममा उनले  सिंगो पार्टी, प्रधानमन्त्री…

Read More

रास्वपाले सचेतक र विषयगत समितिको सभापतिको लागि आवेदन माग्यो

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले इच्छुक सांसदहरूलाई प्रमुख सचेतक, सचेतक र विषयगत समितिको सभापतिको लागि नेतृत्वको आवेदन भर्न लगाइएको छ। तर बाँकी दल र समितिको पदाधिकारी भने पार्टीले छान्नेछ। बैठकले पार्टी उपसभापति डिपी अर्याललाई सभमुखको उम्मेदवार बनाउने गरेको कुरा दलले जनाएको छ।  रास्वपाको विधान अनुसार एकजना दलको नेता, एकजना उपनेता, प्रमुख सचेतक, सचेतक र…

Read More