बिशेष महाधिवेशनवाला टुकडी अबैधानिक भएकाले सहभागी नहुन संयोजक कोइरालाको अपिल

Spread the love

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षका संयोजक तथा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले बिशेष महाधिवेशन नै अबैधानिक भएकाले उनीहरुको तयारीतर्फ सहभागी नहुन पार्टीका सबै तहका नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै डा. कोइरालाले ‘कथित विशेष महाधिवेशन’ पक्षले सार्वजनिक गरेको १५ औँ महाधिवेशनको कार्यतालिकालाई अवैधानिक र विभाजनकारीको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकता सम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। त्यसैले त्यो गतिबिधि पनि अबैधानिक छ।