आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म विद्यार्थीलाई आन्तरिक परीक्षा लिन नपाइने

Spread the love

नेपाल सरकारको मार्च २७, २०२६ शुक्रबार सबेको मन्त्रिपरिषद् बैठकले कक्षा ५ सम्मका विद्यार्थीलाई आगामी शैक्षिक सत्रदेखि आन्तरिक परीक्षा लिने कार्य बन्द गराउने निर्णय गरेको छ। 

सरकारले तयार गरेको शासकीय सुधारसम्बन्धी ‘१०० कार्यसूची’ को ८९ नम्बरका रहेको यो ब्यस्बस्था अनुसार भएको निर्णयमा, ‘कक्षा ५ सम्मका विद्यार्थीलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने। उनीहरूको मनोवैज्ञानिक असर र दबाब नपर्ने खालको मूल्यांकन प्रणालीबारे विकल्प तयार गर्ने।’