पूर्वप्राधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाइ थुनामा राखेरै अनुसन्धान गर्ने आदेश

Spread the love

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै सो आरोपमा अदालत पुर्याएपछि थुनामा राखेरै अनुसन्धान गर्न आदश भएको छ। त्यसपछि बिरामीको कारण ओलीलाइ त्रिवि शिक्षण अस्पतालमै राखिएको छ भने लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमै राखिने भएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दुबैलाई ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै अनुसन्धान सिफारिस गरेको थियो। त्यसैलाइ कार्यान्वयन गर्दै मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने निर्णय गरेको थियो र त्यसलाई गृहमन्त्रालयले सो कदम चालेको हो।  

आइतबार जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा म्याद दिएसँगै लेखकलाई गणमै र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राखेर बयानको काम गरिने कुरा प्रहरीले जनाएको छ।