कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरणको कारण पक्राउ

Spread the love

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि आइतबार बिहान पक्राउ परेका छन्।सो कुरा गृहमन्त्री सुदन गुरुङले आफ्नो फेसबुकमा पोस्ट गरेका छन। उनलाई सीआईबीको टोलीले महाराजगन्जबाट पक्राउ गरेको हो । 

‘तपाईंलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ (दफा ९ को उपदफा (६) सँग सम्बन्धित) बमोजिम यो पक्राउ पुर्जी जारी गरिएको हो।’