नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ चैत्र १२, २०८२ (मार्च २६, २०२६) बिहिबार गरिने निर्धारित मिति तय भएको छ। शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुने छ।
सो को लागि संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको दुईप्रति फोटो सहित १२ बजे नै उपस्थित हुन आग्रह गरेको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।
