अमेरिकी बिशेष दुत गोरद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई ज्ञापन

Spread the love

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन्।

नेपालमा रहेको अमेरिकी दूतावासका अनुसार विशेष दूत गोरले मंगलबार टेलिफोनमार्फत लामिछानेलाई बधाई दिँदै रास्वपाको विजयप्रति शुभकामना व्यक्त गरेका हुन्। टेलिफोन संवादका क्रममा उनले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्न, आर्थिक साझेदारीलाई अझ सुदृढ बनाउन तथा दुई देशबlचको मित्रतालाई थप गहिरो बनाउन इच्छुक रहेको बताएका थिए। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल २७५ सिटमध्ये रास्वपाले कारीब दुइ तिहाइ १८२ सिट प्राप्त गरेको छ। 

दुताबास फेसबुकबाट जस्ताको तस्तै

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चैत्र १० गते फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिनुभएको छ ।

अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको छ।

U.S. Special Envoy for South and Central Asia Sergio Gor called Rastriya Swatantra Party Chairman Rabi Lamichhane on March 24 to congratulate the RSP on its electoral victory.

The United States looks forward to working with Nepal’s new government to strengthen our economic partnership and further deepen the friendship between our countries.