राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक चैत्र १२, २०८२ बिहिबार बस्ने भएको छ। बैठकले बालेन शाहलाई दलको नेता छान्ने र उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने बताइएको छ। सो पछि बालेन शाहलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयलाई जानकारी गराइनेछ।
फागुन २१ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत ल्याएकाले संविधानको धारा ७६ (१) बमोजिम बालेन शाहलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन्। तयारी अनुसार सांसद निर्वाचित शाहले चैत्र १३ गत्ते शुक्रबार राम नवमीका दिन सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनेछन्।
