राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाइ रास्वपाले दलनेता चयन गरेसंगै उनको सुरक्षा संसदमा मेजोरिटी लिडर अर्थात प्रधानमन्त्रीको हैसियतमा लागिएको छ। प्रहरी प्रधान कार्यालयले बुधबारदेखि सइ दर्जाका प्रहरीलाई उनको सुरक्षामा खटाएको छ। यसका साथै उनलाई अन्य सुरक्षा पनि बढाइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार हाल सांसद र भावी प्रधानमन्त्रीका रूपमा सुरक्षा चुनौतीको दृष्टिकोणले पिएसओ खटाइएको छ। चुनावको क्रममा पनि सुरक्षा चुनौतीलाई दृष्टिगतगरी प्रहरीले बालेनलाई पिएसओ दिने प्रस्ताव गरेकोमा आफुलाई आवश्यक नभएको भन्दै उनले लिएका थिएनन्।
तर अहिले उनलाइ प्रोटोकल मान्नुपर्ने भएकाले इन्कार गर्न मिल्दैन। प्रहारीका अनुसार प्रधानमन्त्रीमा नियुक्त भएपछि भने उनको पिएसओमा डिएसपी खटिनेछन्। बिहीबार सिंहदरबारस्थित संसद् भवनमा सपथका लागि जाँदा उनी पिएसओसहित गएता पनि आफैंले चलाएर गएको गाडीमा भने पिएसओ राखेका थिएनन्।
