नेपालको संसदले चैत्र १२, २०८२ शुक्रबार सांसदहरुको शपथ ग्रहण सम्पन्न गरेसंगै रास्वपाले प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहलाइ मेजोरिटी लिडर चयन गरेको छ। त्यससंगै उनले चैत्र १३ मा प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयसंगै मन्त्रिमण्डल गठनको लागि पनि तयारी गरेको छ। मन्त्रीको नाम छान्न पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह छलफलमा छन्।
यो पटक विज्ञताका आधारमा मन्त्री छान्ने गरी अन्तिम छलफल भइरहेको रास्वपाले बताएको छ। सभापति रवि लामिछानेले क्षमताको आधारमा मन्त्री चयन हुने भएकाले कतै लबिङ र मिडियाबाजी नगर्न अभिमुखीकरण कार्यकर्ममा नै बताएका छन। शाहले प्रधानमन्त्रीको रूपमा उनको शुक्रबार १२ः ३४ मा शपथ लिने छन् त त्यस लगत्तै मन्त्रीहरूको शपथ हुनेछ।
