कांग्रेसको एउटै नियमित महाधिवेशन गर्ने बाताबरण बनेको छैन: डा. प्रकाशशरण महत

Spread the love

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन गुटको कारण पार्टीको एउटै नियमित महाधिवेशन हुने संभावना नबनेको बताएका छन। बिशेषवालाहरु पुराना सबै सक्किउन र आफ्नो बाटो खुलोस् भनेर लागि परेका छन्। त्यो कसरी संभव हुन्छ र ? फेरी उनिहरुले भनेको जस्तो त्यहाँ सबै जवान नै जवान मात्र पनि देखिएनन, सबैजसो मेरै उमेरका छन्। 

बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षधरले राखेको भेलामा बोल्दै डा. महतले सो विचार राखेका हुन्। अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थामा प्रतिकूल भएको छ, उनले बताए। सरकार र पार्टी सञ्चालनमा पनि केही कमजोरी भएको उनले औँल्याए। चुनावमा पनि कांग्रेसलाई ‘पहिलो हुन्छौँ’ १०० कट्छ भनेर झुक्याएको उनले टिप्पणी गरे।