बिश्वोका सबै कम्युनिष्टहरुमा निर्वाचनको नाममा कसैलाई अनिबार्य मत दिन लगाइन्छ, त्यहाँ इलेक्शन होइन सेलेक्शन हुन्छ। त्यसैगरी संसदीय दलको नेता चयनलाइ लिएर एमालेभित्र असन्तुष्टि देखिएको छ। अध्यक्ष केपी ओलीले ठाडो आदेशमा पूर्वआतंककारी नेता रामबहादुर थापालाइ बिजयी घोषणा गाइयो।
बुधबार बसेको संसदीय दलको बैठकमा रामबहादुर थापा ‘बादल’ लाई संसदीय दलको नेता चयन गरेको थियो। तर सांसद सुवाङ नेम्वाङको उम्मेदवारीलाइ दबाइयो। दबाबमा उनको समर्थक र प्रस्तावक नै नबस्न धम्की दिइयो र उनले प्रस्तावक र समर्थक नै पाएनन।
थापा पूर्वआतंकारी माओवादीका महासचिव हुन्। यसलाई लिएर पार्टीका उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छान्न अनपाइएको तरिका र शैलीले सिंगो पार्टीपंक्तिलाई थप चिन्तित बनाएको छ भनेर बिरोध गरेका छन।

