राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल संघीय प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएको कुरा आज बसेको प्रतिनिधिसभा बैठकमा औपचारिक रुपमा घोषणा गरियो।
रास्वपाका उपसभापति अर्याल संघीय प्रतिनिधि सभाका १० औँ सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्। आइतबारको प्रतिनिधि सभामा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे। नवनिर्वाचित सांसद अर्याल फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ ९ बाट निर्वाचित भएका थिए।
