UNDO सभापति लामा नेतृत्वको टिमले परराष्ट्रमन्त्री खनाल र ऊर्जामन्त्री श्रेष्ठसंग भेटघाट गर्यो

Spread the love

मार्च २९, २०२६ आइतबार United Nepali Diaspora Organization (UNDO) का सभापति सोनाम लामाको नेतृत्वमा सचिव डा. संगीता कार्की र कोषाध्यष उल्का घिमिरे सहितको टिमले सम्पूर्ण डायस्पोरा नेपालीहरुको प्रतिनिधित्व गर्दै माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनालज्यू तथा माननीय उर्जामन्त्री श्री विराज भक्त श्रेष्ठज्यूसँग शिष्टाचार भेटघाट गर्यो। 

सो अबसरमा उहाँहरूलाई सफल कार्यकालको हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ प्रभावकारी नेतृत्वको शुभकामना व्यक्त गरिएको थियो। सो भेटघाटका क्रममा विश्वभर रहेका नेपाली डायस्पोराका समस्या तथा सरोकारका विषयमा छोटो ब्रिगङ्ग र छलफल समेत गरियो। 

विशेष गरी गैरआवासीय नेपालीहरूको नागरिकता र बैदेशिक रोजगारी सेवामा रहेका समस्या, विदेशमा बस्ने नेपालीहरुको मताधिकार लगातय मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरी आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्नुपर्ने विषयमा जोड दिइयो। 

माननीय मन्त्रीज्यूहरूले सो बिषयमा ध्यानपुर्वक काम गरिने, आफ्नो दलको ‘बाचा पत्र’ मा पनि सो बिषय रहेको अनि त्यसलाई कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनु भयो। उहाँहरुको नेतृत्वमा यी महत्वपूर्ण विषयहरू सकारात्मक रूपमा अगाडि बढ्ने UNDO ले विश्वास लिएको छ। 

प्रवक्ता

कृष्ण केसी 

UNDO 

मार्च २९, २०२६