राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधिसभाका सभामुखमा निर्बिरोध निर्वाचित भएपछि आइतबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिने भएका छन्।
निर्वाचित सभामुख अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद अर्याल शुक्रबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।
सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि तोकेको शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा अर्यालको मात्रै उम्मेदवारी परेकाले उनि निर्बिरोध भएका हुन्। तर यसका लागि आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट अर्याललाई प्रक्रिया पूरा गरेर सभामुख घोषणा गरिनेछ।
