रास्वपाका सभापति लामिछानेले संसदबाटै दलित समुदायसँग माफी मागे

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालका दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक माफी माग्दै उक्त माफीको मूल्य न्यायमार्फत सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्ययोजनामा दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी माग्ने उल्लेख  छ ।

प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा मन्तव्य दिने क्रममा उनले  सिंगो पार्टी, प्रधानमन्त्री बालेन्द्र शाह तथा सरकारको तर्फबाट दलित समुदायप्रति औपचारिक क्षमायाचना गरेका हुन्। उनले ऐतिहासिक रूपमा दलित समुदायमाथि भएको विभेद, अन्याय र अवसर वञ्चनाको स्विकारोक्ति सहित सरकार सामाजिक न्यायका कार्यक्रम मार्फत सुधारमुखी कदम अघि बढाउने विश्वास व्यक्त गरे।