राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा नव निर्वाचित सभामुख डोलप्रसाद ‘डिपी’ अर्यालले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्यै सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहाली गरेका छन्।
त्यहाँ सभामुख अर्याललाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय लगायतका कर्मचारीहरुले स्वागत गरेका थिए। पद बहालीपछि नव निर्वाचित सभामुख अर्यालले यस पटकको बलियो प्रतिपक्ष भनेको नै जनता भएकाले जनताका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने र आफूले सभामुखको काम कर्तव्य अधिकार तटस्थ रहनुपर्ने निष्पक्ष हुनुपर्ने आफूले राम्रोसँग बुझेको भन्दै त्यसैअनुसार काम गर्ने बताए। सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने आफूले राम्रोसँग बुझेकोले आफ्नो कार्यकलामा प्रतिपक्षको सम्मान हुने कानून बनाउने कुरामा अग्रसर भएर लाग्ने समेत बताए।
