Easter Sunday ‘इस्टर सन्डे’ ईसाई विश्वासको एउटा अत्यन्तै ठुलो आधारशिला मानिन्छ। यो दिन येशू ख्रीष्टलाइ क्रूसमा टाँगिएको र उनि तीनदिन पछि बौरिएर उठेको अर्थात पुनरुत्थान भएको, मुक्ति पाएको विश्वासमा यो उत्सव मनाइन्छ।
तर क्रिष्टको यो पुनरुथान भएको कुरामा भने धार्मिक रुपमा फरक मत छन्। यसमा पहिलो उत्सव कहिले र किन भयो भन्ने बिषयमा अझै विवाद र बहस रहेको छ। तर इस्टरको समय औपचारिक समय भने बसन्त ऋतुको पहिलो पूर्णिमा पछिको पहिलो आइतबारका दिन मनाउने चलन ३२५ ईस्वीमा Council of Nicaea (325 AD) ले स्थापना गरेको थियो।
यसबारे खासगरी पवित्र बाइबलका मत्ती, मर्कूस, लूका र यूहन्ना नयाँ नियमका पहिलो चार पुस्तकहरुले ब्याख्या गर्छन। जसले येशू ख्रीष्टको जीवन, सेवा, मृत्यु र पुनरुत्थानबारे जानकारी दिन्छन। यी पदहरू ईसाई विश्वासको केन्द्रबिन्दु हुन् भनेर प्राय आइतबार नै चर्चहरुमा धार्मिक सेवाहरूमा येशू र उनको कथा सुनाउन पढिन्छन्।
According to Encyclopedia Britannica इस्टर क्रिश्चियन चर्चको प्रमुख पर्व हो जसले येशू ख्रीष्टको क्रूसमा टाँगिएको तेस्रो दिनमा उनको पुनरुत्थान भएको विश्वासमा उत्सव मनाउँने गरिन्छ। यो इसाईहरुको विश्वासको सबैभन्दा महत्त्वपूर्ण पर्व हो जसले मृत्युमाथि ख्रीष्टको विजय र मुक्तिको प्रतिज्ञालाई प्रतिनिधित्व गर्दछ भनिएको छ।
क्रिष्टियनहरुले किन इस्टर सन्डे मनाउँछन् ?
इस्टर सन्डे क्रिष्टियनहरुको लागि एउटा पर्व मात्र नभएर एउटा ऐतिहासिक स्मरण भन्दा पनि ठुलो विश्वा हो। मृत्युमाथि जीवनको विजय र निराशामाथि आशाको प्रतिक हो भन्ने बिश्वास इसाईहरुको रहेको छ। खासगरी बाइबलको पुरानो करारहरुले येशूको देवत्वलाई प्रमाणित गर्छ र उनीद्वारा मुक्ति पाइन्छ भन्ने विश्वासको ब्याख्या गरिन्छ। यसलाई उनका अनुयायीहरुले आफ्नो अनन्त जीवनको प्रतिज्ञा हो भन्ने विश्वास गर्छन।
बाइबलमा पुरानो करारमा धेरै भविष्यवाणी र नयाँ करारमा त्यो पुरा भएको कुरा ब्याख्या गरिएका छन्। धार्मिक रूपमा चाहिं यसले ‘the end of Lent’ उपवास र चिन्तनको लागि क्राइष्टले बिताएको ४० दिनको अवधिलाइ बिशेष रुपमा ब्याख्या गरिन्छ। पुरानो करार (नियम) मा गरिएका भविष्यवाणीहरूलाइ प्रमाणित भएको कुरा मानिन्छ।
इस्टर सन्डे मनाउने चलन भने विश्वव्यापी रूपमा फरक छन तर सामान्यतया मनाउने चलन भने समान नै छन्। खासगरी बिहान धार्मिक सेवा, चिहानमा मृतहरुको लागि प्रार्थना गरिन्छ। त्यसपछि Paschal Greeting, धार्मिक रुपमा क्राइस्ट बौरिएर उठेको खुशीमा शुभकामान आदान-प्रदान र संदेश दिने गरिन्छ।
त्यसैगरी ठुलो स्वरमा “ख्रीष्ट बौरिउठ्नुभएको छ” भनेर आवाज निकालेर प्रार्थना पनि गरिन्छ। जस्तो की “उहाँ साँच्चै बौरिउठ्नुभएको छ” भनेर खुशीले मिष्ठान खाने परम्परागत चलन पनि छ। प्राय भेडाको मासु जसलाई ‘Lamb of God’ अर्थात् ‘परमेश्वरको थुमा’ को प्रतीकात्मक रूपमा खाने गरिन्छ। त्यसैगरी ‘egg hunts’ जस्ता खेलहरु पनि आधुनिक चलनहरूमा गरिन्छ।
