नेपालका प्रधानमन्त्री बालेन शाहले सिंहदरबारको आफ्नो कार्यसभाहलमा नेपालका लागि राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने र सो अबवासरमा परराष्ट्रमन्त्री शिशिर खनालसहित मन्त्रिपरिषद्का अन्य सदस्यहरुको समेत सहभागिता रहनेछ। प्रधानमन्त्रीले एक्ला-एक्लै भेट्ने चलनलाइ फरक रुपमा यो पटक सामुहिक भेटघाट गर्न लागिएको हो।
सो अवसरमा सामूहिक संवादमा नयाँ कूटनीतिक मर्यादाको मापदण्ड निर्धारण गर्ने कुरा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा असीम शाहले बताएका छन्। भेटवार्ता दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।
