नेकपा एमालेका नेकपा एमालेका कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापाले आफूले सदनमा जे बोल्यो त्यहि नै पार्टीको आधिकारिक नीति र मान्यता अनुरुप हुने बताएका छन। उनले पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
आफूले दिएको अभिव्यक्तिपछि उपाध्यक्ष विष्णु पौडेलले लेखेको स्टाटसलाइ संकेतगर्दै भने, ‘अस्ति संसद्को पहिलो बैठकमा मैले दलको नेताको हैसियतमा जे कुराहरू भनेँ, त्यो कुरालाई लिएर केन्द्रीय सचिवालय बैठक बस्यो। केन्द्रीय सचिवालयले फेरि अर्को एउटा वक्तव्य जारी गर्यो। ‘त्यो वक्तव्य आइसकेपछि त्यसले अर्को कन्फ्युजन क्रिएट गरेको छ। त्यो वक्तव्य दलको नेताले मैले दिएको थिएँ, त्यसले भित्र पनि एउटा कन्फ्युजन क्रिएट गरेको देखियो।’
यसै बिषयलाइ लिएर एमालेमा तरङ्ग गएको छ। दल स्पष्ट रुपमा बिभाजीत भएको छ। उसै पनि थापालाइ कार्यबाहक दिएको कसैलाई पनि मन परेको थिएन। झन् माथि उनल उल्टा सिधा बोलेर संसदकै हुर्मत लिने काम गरे। बिस्तारै थापाको दमनले एमालेको फुटको संघार नजिकिंदै गएको छ।
