रविको सामाजिक विभेदविरुद्धको माफीलाइ भारतीया संसदमा उदाहरण र आवाज

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा सामाजिक र जातीय विभेदविरुद्ध राज्यद्वारा भएको अन्यायलाइ आफ्नो दल, सरकार र इतिहास देखिकै राज्य शक्तिको तर्फबाट माफी मागे। उनको यो मर्मस्पर्शी अभिव्यक्ति र माफी मगाइले बिश्वभरि चर्चा बढेको छ।

यति मात्र होइन समान सामाजिक ब्यबस्था र प्रचलन रहेको भारतमा यसको ठुलो उदारहणको रुपमा लिइएको छ। इतिहासमा जहिले पनि नेपालले भारतीलाइ ठुलो दाइ मानेर प्रधानमन्त्रीहरु दर्शन भेटमा जाने गरेकोमा यो पटक भारतीय सासंदमा नेपालको उदाहरणलाइ लिएर आवाज उठेको छ। नेपालले गर्यो हामी किन पछि ?  

नेता Chandrashekhar Azad ले भारतीय संसदमा नेपालले दलितहरुप्रति गरिएको विभेदको लागि मागेको माफीलाइ उदाहरण दिएर भारतले कहिले माफी माग्ने, कहिले न्याय दिने भनेर आवाज उठाए। रवि र रास्वपाको यो कदम सामाजिक न्याय र प्राकृतिक सिधान्तले बहुत जाहेज छ र सबैले यसको प्रसंसा गरेका छन।