१४ औँ महाधिवेशनबाट निर्वाचित आधिकारिक काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै

Spread the love

१४ औँ महाधिवेशनबाट निर्वाचित आधिकारिक नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बोलाइएको छ। बिशेष महाधिवेशनको नाममा सेटिङ्गबाट लुटिएको आरोप लागेका गगन थापा नेतृत्वलाइ एमालेबाट मनोनित निर्वाचन आयुक्तले वैधानिकता दिएपनि अर्को पक्षले सर्वोच्च अदालतमा मुद्दा दिएको छ। 

१४ औं महाधिवेशनका आधिकारिक सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले कांग्रेसको गतिविधि सुरु गरेका छन। यसैबीच कांग्रेस नेतृत्वको वैधानिकताबारे सर्वोच्च अदालतले आगामी आइतबार सुनुवाइ तोकेको छ। लुटेर लिएको भनिएको गगन थापा नेतृत्वले आगामी १६-१९ असोजमा १५ औँ केन्द्रीय महाधिवेशन गर्ने बताएको छ। 

उता देउबा पक्षले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक मंगलबार बिहान बोलाएको छ। यसलाई कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अघिल्लो कार्यसमितिमा रहेका, तर हालको संस्थापन पक्षमा नभएका नेताहरूलाई बुधबार बैठकमा सहभागी हुन अनुरोध गरेका छन्।