रास्वपाले सचेतक र विषयगत समितिको सभापतिको लागि आवेदन माग्यो

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले इच्छुक सांसदहरूलाई प्रमुख सचेतक, सचेतक र विषयगत समितिको सभापतिको लागि नेतृत्वको आवेदन भर्न लगाइएको छ। तर बाँकी दल र समितिको पदाधिकारी भने पार्टीले छान्नेछ। बैठकले पार्टी उपसभापति डिपी अर्याललाई सभमुखको उम्मेदवार बनाउने गरेको कुरा दलले जनाएको छ। 

रास्वपाको विधान अनुसार एकजना दलको नेता, एकजना उपनेता, प्रमुख सचेतक, सचेतक र कोषाध्यक्ष रहने व्यवस्था छ। प्रतिनिधि सभामा १० वटा समिति र दुई वटा संयुक्त समिति रहने संवैधानिक व्यवस्था छ। बहुमत भएकाले प्राय समितिको सभापति रास्वपाको हुनेछ। तर सार्वजनिक लेखा समिति प्रतीक्ष दललाई दिन राम्रो मानिन्छ।