-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, अक्टुवर २७, २०२३
आकाश ढाक्न
कुनै हुरीले ल्याएको
कालो बादल हटाउन
अर्को हुरी नै चाहिन्छ
हुरी प्रतिकूल छ
हुरी अनुकूल छ।
जिउमा बिझेको कुनै काँडा निकाल्न
अर्को काँडा नै चाहिन्छ
काँडा प्रतिकूल छ
काँडा अनुकूल छ।
अजीर्णमा भोजन
प्रतिकूल छ
भोकमा भोजन
अनुकूल छ।
गर्मीमा तातो घाम
प्रतिकूल छ
जाडोमा त्यही न्यानो घाम
अनुकूल छ ।
चोरलाई सज्जनहरू
सज्जनलाई चोरहरू
प्रतिकूल छन्
चोरहरूलाई चोरहरू
आत्मीय छन्
अनुकूल छन्।
प्रतिकूलतालाई अनुकूलतामा बदल्न
जाँगरिलो जागिरहन्छ
आलस्यको दास
अनुकूलतालाई पन्छाएर
प्रतिकूलता बोकिरहन्छ
भनिएकै छ
सुत्नेको पाडो
उठ्नेको पाडी !!
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु