-Tirth Raj Adhikari

सत्ता

Hollywood Khabar January 07,2022 Comments

-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, जनवरी ७, २०२२

 

क्रूर हुन्छ सधैँ सत्ता लास गन्दै रमाउँछ

अन्धो यो चोर छोडेर साधुलाई समाउँछ

सुन्दैन कान सत्ताले जस्तै रुँदा कराउँदा

निदाउँछ सधैँ सत्ता देशै सर्वस्व सल्कँदा ।१।

 

माथि हुन्छ सधैँ सत्ता आँखा हेर्दैन तल्तिर

हेर्छ हेर्छ अझै माथि घुम्छ आकाश फर्फर

सान रवाफ हो सत्ता दास खोज्छ यताउता

खाएर भक्तको ताली नेता बन्दछ देवता ।२।

 

अजिङ्गर सधैँ सत्ता गाँस निल्छ चुली -चुली

उपदेश सधैँ दिन्छ देश फेर्दैन काँचुली

छलछाम सधैँ सत्ता छलेर कर छाम्दछ

खलको बल हो सत्ता सोझाको मुटु काम्दछ ।३।

 

सुन जागिर हो सत्ता सुन पैह्रेर नाच्दछ

महँगो सरको कार देशकै ढाड भाँच्दछ

सत्ताको दिल नै हुन्न कहाँ पग्लन्छ पत्थर !

आशाले पछि लागेको स्याल सन्तुष्ट के छ र ?४ ।

**तीर्थराज अधिकारीका अरु कविता**

के प्रयोजन

https://hollywoodkhabar.com/swatantrata-rittharaj-adhikari

राजनीतिका जुवाडेहरू

कवि र दुनियाँ