-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, फेब्रवरी, २२, २०२३
छिटै अमर मर्नाले अशोक शोकमा प~यो
आरोग्य रोगले गल्दा निर्भय भयले ढल्यो
कुमारी गर्भकी भारी पति कुमार छन् घरै
मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै ।१।
रमिता दिनहुँ काम गर्दा-गर्दै गली ढली
निर्जला जलमा डुब्दै आँखा चिम्ली कतै चली
इयरफोनले मात्र कर्णले कान सुन्दछ
लठ्ठी समाउने गुम्दा हस्तको झन् बेहाल छ ।२।
निर्मल मल छर्दै छ खेतबारी सबैतिर
बुद्धभक्त खसी काटी लिन्छ पैसा निरन्तर
नेत्र खोज्छ सधैँ चस्मा पढ्न लेख्न बस्यो भने
बलवीर बनी दुब्लो बिचरा छ पिलन्धरे ।३।
दाताराम छ त्यो लोभी दयाराम छ निष्ठुर
माया र ममता गर्छन् हानाहान परस्पर
शीतल दर्दले डाम्दा बोकी सन्ताप तप्त छ
रुँदा चिच्याउँदा शान्ति शिर चर्केर उग्र छ ।४।
प्रदीप दीप सल्काई अन्धकार भगाउँछ
कर्मवीर सबै काम अर्कालाई लगाउँछ
रूपमा गोलको थुप्रो नाम पाइछ सुन्दरी
निशामा दरिई अर्की बिचरी रूपकी परी ।५।
वसन्त सन्त भेटिन्न वज्रजस्तै कठोर छ
भेटिन्न जयमा जीत हारको मात्र हार छ
छैन सौरभमा बास्ना छैन गौरवमा कला
कलामा नै कहाँ होला मनै लठ्याउने गला !६।
नामजस्तै छ के काम ? यसैमा मोह माद छ !
दुष्कर्मी नाम के नाम ? नाम नै बदनाम छ !
किन यो नाममा गर्व ? कर्ममेसो कतातिर ?
कर्महीन कहाँ बन्छु म धाम मठमन्दिर !७ ।
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु