-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, फेब्रवरी, १५, २०२३
माटो छ दोषी कसरी भनूँ म
बाटो छ दोषी कसरी भनूँ म
पग्लेर सेचेँ जति ज्ञानधारा
पाउन्न आफैँ पथका किनारा !१।
यो लेखनी हुन्छ सधैँ उदार
टल्काउनै खोज्छ सबै मुहार
यै सभ्यता मूल परागलाई
घोचेर झार्दा छ त के भलाइ ? २।
झिकेर आँखा मुटु नै जलाई
थिचेर छाती रणमै ढलाई
लगाउँछन् जो नरमुण्ड माला
छैनन् कतै ती जगमा उज्याला ।३।
को मर्छ मान्छे सुविचारबाट ?
बाली बनी झुल्दछ फाँटफाँट
चिता चिताको कतिको छ लेखा ?
चुक्ता त एकै दिन हुन्छ लेखा ।४।
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु