-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, जनवरी २२, २०२२
विना मुटुको धड्कनभित्र
नि:सारताको मुर्दा सास
बोकी सदैव उफ्रिरहन्छ
खाँदै मुक्का घुस्सा हजार ।
रक्तज्वार छैन प्रसार
मासु नसाले छिन्नभिन्न
निर्जीवताको थोत्रो बोक्रो
तैपनि बाटो हिँड्छ उछिन्न ।
जालीहरूको बन्धन नाघ्न
सीमाभित्रै बाँधिनुपर्छ
पक्ष विपक्षहरूको माझ
चोट अनेकौँ खप्नै पर्छ
निर्धो यही आँखी बन्छ ।
उच्चासनको शासनबाट
दर्शकहरूको मध्यस्थलमा
ताली र गाली खाँदै खप्तै
लड्छ/ उड्छ, उड्छ/ लड्छ
भलिबल अरूकै छलबल करमा ।
मान भने त्यो छैन कदापि
आफूपछिकै बन्छ विजेता
इन्तु न चिन्तु लत्रिरहन्छ
घायल बन्दै अघिको नेता ।
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!