उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृति प्रदान

Hollywood Khabar April 25,2024 Comments

आसन्न इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनमा कांग्रेस, एमाले, माओवादी जस्ता ठुला र नाम चलेका पार्टीहरुको गिर्दो अवस्था रहेको कुरा नेपालका पेड मिडिया बाहेको अरुले संचार गरेका छन्। 

विगतमा पेड मिडियाहरुले निर्वाचनलाइ प्रभावमा पर्ने ठेक्का लिने गरेका थिए। बिशेष गरेर भारतको “र” नियन्त्रित टाइम्स अफ इन्डियाको परोक्ष/प्रत्यक्ष प्रभावमा रहेका मिडियाहरु यसमा थिए। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले १२ भाइको खुलासा गरेपछि उनीहरुको प्रभाव घट्ने मात्र होइन विश्वासनियतामा पनि गिर्दो अवस्था आएको छ। 

यसै क्रममा गत उपनिर्वाचनमा चितवन र तनहुँका मतदाताले दिएको दनकपछि ठुला भनिएका पार्टीहरु अतालिएका छन्। यसैबीच सुरक्षा व्यवस्थापन कार्य पूरा भएको कुरा प्रहरी प्रधान कार्यालयद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। 

निर्वाचनको क्रममा देखिनसक्ने सुरक्षा चुनौतीलाई सुक्ष्म अध्ययन गरी आम मतदातालाई ढुक्क भएर आफ्नो अधिकार प्रदान गर्ने वातावरण निर्माणमा प्रहरी जुटेको कुरा प्रहरीले मतदाता र मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो सुरक्षा योजना मिलाएको भनाइ रहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन्। स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को यही वैशाख १० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सोही दिन निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालको यही वैशाख १० गतेको सिफारिसका आधारमा उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेका हुन्।