-तिर्थराज अधिकारी,गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, नोवेम्बर २९, २०२२
मिटर बिजुलीको चढेको छ कि
पानीको चढेको छ ?
छोरी बढेकी छ कि
बुहारी एक्लै छ ?
रसरङ्ग कि रास छ ?
कि जुवा तास छ ?
व्यापारको कुरो छ कि ?
नेता हुने सुर छ ?
साहु दुध कराउँछ कि ?
राहु दूत कराउँछ ?
अथवा कुकुरै पो छ कि ?
खै ! कुरो के कसो छ ?
जे होस् ढोकामा
होसियार ! कुकुर छ !!
यो सूचना हो
सावधान हुनुपर्ने कुरा हो
कुकुर छ भने डराउनुपर्छ
विषालु इखालुले ज्यान लिन्छ
भुक्छ, थुत्क्यो/ फुस्यो भने टोक्छ !
कुकुर यस्तै त हुन्छ
एउटा दैलो ढुक्छ ,पुच्छर हल्लाउँछ
अर्को गल्लीमा भुक्छ
रोग फैलाउँछ
हिड्नेका लागि दुवै खतरा छ !
कुकुर गन्ध नाकले थाहा पाउँछ
निद्रा थोरै हुन्छ
मध्यरातमा पनि ब्युँझिन्छ
खाना हाडको टुक्रोमा पनि निहुरिन्छ
मासु लुछ्न झम्टन सक्छ
त्यसैले
बाटो हिँड्नेले
ढुङ्गा उचाल्न
शब्द निकाल्न
हकार्न र खकार्न हुँदैन
दौडनुहुँदैन
सुस्तरी हिड्नुपर्छ आफ्नै बाटो
बेलैमा हुनुपर्छ सतर्क र चनाखो
भुके जिम्मा कोही हुँदैन
टोके जिम्मा कोही लिँदैन
हेर्नुपर्छ - होसियार !! लेखिसकेको !!
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु