आमा

Hollywood Khabar May 07,2024 Comments

-इन्दु पन्त लोहनी, चण्डोल, काठ्माण्डौ, मे ७, २०२४

आमा ! कुन शब्दमा
तिमीलाई आभार प्रकट गरूं
आमा कुन आसनमा
तिमीलाई राखी आदर गरूं

शब्दकोष नै रित्तो लाग्छ
तिम्रो वर्णनीय अक्षर खोज्दा
यो ब्रम्हाण्ड नै खाली लाग्छ
तिम्रो कमिको कल्पना गर्दा

तिमी अविराम लुटाई रहन्छ्यौ
ममताको भण्डार कतइ नथाकी
तिमी मुहार प्रज्ज्वलित पार्छ्यौ
सन्ततिको कृयाकलाप नियाली

तिम्रो जांगर अपार छ
तिम्रो प्यार अपार छ
तिम्रो दृष्टि अपार छ
तिम्रो त्याग अपार छ

तिमी नभए ममत्व कहां मिल्थ्यो र
तिमी नभए संसार कसले देख्थ्यो र
तिमी नभए सृष्टि नै कहां हुन्थ्यो र
तिमी नभए “आमा" शब्द कसले भन्थ्यो र !!!!!

**इन्दु पन्तका अरु कविता**