-इन्दु पन्त लोहनी, चण्डोल, काठ्माण्डौ, मार्च १५, २०२३
मधुर मधुर सुगन्ध छ, वसन्तको बेला
वागभरी फूल खिले भ्रमरको छ भेला
नयन द्वय छचल्किए नशा मधुशाला
अंग अंग तरासिए कलाकार बाला
पत्रदल खुलेसरी ओठ खुले प्यारा
मदमस्त मुस्कानले होश उड्यो सारा
उन्मादको लहर चल्यो तन्किए सब छाला
जवानीको रंग चढ्यो लालीमय गाला
जता हेर्यो उतैतिर बहारको छ नारा
केन्द्रबिन्दु जवानीमै सबको नजर जाला
खहरेसरी ऊर्लिएर जवानी जब आऊला
पत्थरलाई खियाएर आफूसंगै लग्ला
जोश चढी जवानीको रन्किएर ज्वाला
भस्म पारी खरानीको लेश छोडी जाला
जतन गरे जवानीको अनमोल माला
सागर झैं गति लेला जीवनका धारा !!
**इन्दु पन्तका अरु कविता**
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु