-इन्दु पन्त, चण्डोल, काठ्माण्डौ, जुन ५, २०२२
म छु खडा पृथ्वीमा साथी साथीका साथमा
सरर्र हावा हाँकी पार्छु शीतल दिन-रातमा !
हाँगा आफ्ना फैलाई माथि बढ्छु आकाश ताकी
लहराहरू बेरिएर लाग्छन् मैमा ताँती !
आई पथिक थाकी बस्छन् मेरै काखमाथि
पङ्खा बनी हम्किदिन्छु , जान्छन् थकान मेटी !
उजाड धर्ती हरियाली बनाएर सजाउँछु
पशुपक्षी, मानवलाई गाँसबास दिलाउँछु !
पवित्र छ मेरो कर्म , दुष्टहरू डाह गर्छन्
मेरै तनमा मार हानी मेरै शव पर तान्छन् !
मेरो हाल नियालेर आकाशले आँसु झार्छ
गरम ताप छोडी रिसाई ,सबको सास खिची लिन्छ !
निस्सासिई प्राणीहरू पानी ! भन्दै चिच्याउँछन्
खडेरी र झरी आई आर्तलाई अत्याउँछन् !
वृक्ष मलाई जोगाएमा तिमी आफैँ जोगिइन्छौ
मूक मेरो सुन बिन्ती ! किन उल्टो मति लिन्छौ ?
मानवका अधिकार , पशुका छन् अधिकार
मलाई मात्र किन होला हतियार उपहार !?
**इन्दु पन्तका अरु कविता**
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु