-इन्दु पन्त, चण्डोल, काठ्माण्डौ, जुउलाई ३, २०२२
म बाबुको एउटै छोरा , छोराकै इच्छा जाग्यो
उकासिँदो पत्नीको पेटमा छोरै छ झैँ लाग्यो ।
दिन बिते महिना बिते आखिर त्यो दिन आयो
प्रसव वेदनाले छटपटिएकी नारी चीत्कार सुनायो ।
ढुकढुकी यो मनको मेरो झनझन तीब्र गरायो
नव- आगन्तुकको रोदन सुन्न कर्ण चङ्ख गरायो ।
च्याँहा...च्याहाँ... त्यो शिशु स्वरले हर्ष मेरो बढायो
दौडी जान भार्या छेउमा स्नेहले पाइला चलायो ।
छोराको ठाउँमा छोरी रोई चिच्याई भनिछ
बाबा म आफैँ आएको होइन भावीले पठाइदिएको ।
नचाहेको पाहुना भए पनि मायाले स्विकारेछ
पहिली छोरी देवी हो रे ! सोचेछ कोख शुद्ध हुनेछ !!
माया ममताले सिँगारिँदै छोरी हुर्की बढिछ
रहर छोराको मनभित्र अझै बढ्दै गएछ ।
एवम् रीतले छोरा खोज्दा छोरी सात भएछन्
सपना थियो छोराको सब यसै ओइलाएछन् !!
विपन्नताको बादलले घेर्न थालिसकेछ
घिउका भाँडा पर हटी ऋणले ओठ सुकेछ ।
परीजस्ती पत्नी प्यारी पिरैपिरले सुकिछ
शरीरभरको जोवन आफ्नो समय नभई ढलेछ !!
छोराछोरी जे भए पनि सन्तान आफ्नै थिए ती
बुद्धि किन बिग्रिएछ सोच कस्तो समाती ?
समय बिताउने खेलौना न हुन् छोरा हुन् या छोरी
व्यर्थै किन टाउको दुखाउने बनी छोराको लोभी ? !!
**इन्दु पन्तका अरु कविता**
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु