-इन्दु पन्त लोहनी, चण्डोल, काठ्माण्डौ, सेप्टम्बर १०, २०२३
औंसीपक्ष छ कालो रात्रीमा
जगत समस्त निद्रामा
अचानक मेघ गर्जियो
बिजुली झलक्क चम्कियो !
प्रसव वेदनामा छटपटीई
देवकी चित्कार गर्छिन्
वसुदेवको स्नेह लेपले
उनी पिडा भुल्छिन् !
एउटा अनौठो तेज आयो
कारागर जगमगायो
देवकीको व्यथा हरायो
दिव्य बालक दिलायो !
नभमा देवगण देखिए
पुष्प वर्षा गराए
कृष्णपक्षमा जन्मिए
कृष्ण नामै जुराए !
मोहरात्री भयो त्यसबेला
दुनिया लठ्ठ बनायो
कारागरका खुले
द्वारहरु द्वार पालक निदायो !!
घनघोर वर्षा, बढदो यमुना
वसुदेव गए, कृष्ण टोकरीमा
बालकको स्पर्श पाएर
यमुना हटिन् मार्ग दिलाएर
गोकुल पुगे मित्र नन्दकहां
कृष्ण सुम्पेर फर्के
हर्ष वर्ष्यो गोकुलमा
कृष्णदेखी रमाए !!
अधर्म अनीति नाशक
धर्मको संस्थापक
द्वापरयुगका नायक
श्रीकृष्ण एक सहायक !!
**इन्दु पन्तका अरु कविता**
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु