-Tirtha Raj Adhikari

आफन्त

Hollywood Khabar July 12,2022 Comments

-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, जुलाइ १२, २०२२
वंशज र संसर्गले मात्र
कोही कसैको नजिक हुँदैन
कतै लुकेर गलामा छुरा रोपिन्छ भने
त्यहाँ मित्रता पलाउँदैन ।

एकै वाक्य नै टाढा हुन्छ
एकै वाक्य नै नजिक हुन्छ
हुने नहुने सबै
एकैछिनको व्यवहारबाटै झल्किन्छ ।

छिद्रान्वेषीलाई जहाँ अङ्कमाल गरिँदैन
मित्रताको बीजाङ्कुर
त्यहाँ कहिल्यै पनि नष्ट हुँदैन ।

दिनेले बिर्सिदिए
लिनेले सम्झिदिए
विद्रोह कहाँ किन हुन्थ्यो ?
भेट हुँदा मधुर- मुस्कानसँगै
अमृत प्याला सबैले पिलाइदिए
चित्त विह्वल भएर किन रुन्थ्यो ?