-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, मार्च १८,२०२३
फूलै फूलका रङ्ग बोकेका
सुन्दर पुतलीहरू
फूलैलाई चुम्बन गर्दै
अझै फूलका थुँगाहरूमा तला थपिरहे
कति आनन्द हुन्थ्यो !
फूलसँग खेल्दा खेल्दै
फूलसित मिल्दा मिल्दै
मनमा खै के जन्मिएर !
अनायास ती बिच्किन्छन्
र , आफ्नो सामर्थ्यको
ख्यालै नगरी
अहङ्कारका धुरी चढेर
बलिरहेका ताता राता बत्तीहरूलाई
निभाउने उत्कट अभिलाशाले झम्टिरहन्छन् !
निभ्दैनन् आलोकित - दीपहरू
निर्बल पुतलीका बलका झोक्काले
प्रकम्पित हुँदैनन्- दीपहरू !
फूल छाडेर बत्ती किन ताक्छन्
पुतलीहरू !
फूलजस्तै सुन्दर वय
फूलसितै साँचे हुन्थ्यो
तर दुर्भाग्य ! बत्ती झम्टिँदै
दूरमा रहेको काललाई
किन समीप डाक्छन् -
पुतलीहरू !!
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु