-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, जुन २७, २०२३
जति नै सुन्दर भए पनि
रसविनाका बिरसिला
प्लास्टिकका रङ्गीन फूलहरूमा
झुम्मिँदैनन् - मौरीहरू
लोभिँदैनन्- भ्रमरहरू
नजिक पर्दैनन्
नाच्दैनन्- पुतलीहरू !
उस्तै दुरुस्तै - प्रतिरूपका
माटाका कृत्रिम - ती
स्याउ र सुन्तलाहरू
अङ्गुर र केराहरू
आँप र अम्बाहरू
मान्छे हुन् कि पशु
चरा हुन् कि किरा
खाँदैनन् कुनैले/ कसैले !
भित्ताका चित्रका परेवाहरू
झम्टिँदैनन् - बिरालाहरू !
झम्टिए नै पनि
डरको घर प्राण नै नभएपछि
त्रासले कतै उँड्दैनन्
ती परेवाहरू !
पसल पसलमा सजाइएका
डमीहरू मान्छे होइनन्
विना जीवनका
ती मान्छेका प्रतिरूप मात्र हुन्
मौसम जे-जस्तै होस्
भित्र/ बाहिर
परिधानरहित
परिधानसहित
जसले जता राखे पनि
विनाप्रतिक्रिया
उतै बसिदिन्छन् !
सुगन्ध छरेर बोटमा झुलिरहेका
सुन्दर र रसिला फूलहरूमा
रोपिन्छन् भमरा र मौरीका
तिखा शूलहरू
रसले लोभिँदै त्यतै झुम्मिन्छन्
पुतलीका - हुलहरू
अर्चनामा / सम्मानमा
चुँडिन्छन् - यिनै फूलहरू !
मीठा रसदार फलहरू
हाँगाहरू लछारेरै टिपिन्छन्
यतै झुम्मिन्छन् -
मान्छे र पशुहरू
चरा र किराहरू !
आकाशमा कावा खाइरहेका
परेवाहरूलाई झम्टिन्छन् - बाजहरू
जमिनमा चारा टिपिरहेका
परेवाहरूलाई झम्टिन्छन्
बिरालाहरू !!
पत्रपत्र च्यातिएका - फूलहरूले
दिन्छन् असिनाका कर्मका - परिचय !
सहन्छन् सहस्रौँ यातना
तैपनि
गलेर / थाकेर/ त्रसित बन्दै
फुल्न रोकिन्नन् - फूलहरू
फल्न रोकिन्नन् - फलहरू !
प्रकृतिमा-
रातले दिनलाई लखेट्छ
दिनले पनि रातलाई लखेट्छ
देहसित छाया कहाँ अलग हुन्छ ?
घाम र बादलको
क्रिया/ प्रतिक्रिया चलिरहन्छ
जहिलेसम्म
यो जीवन र जगत् रहन्छ !!
यसैमा सुन्दर फूलले
सङ्घर्षले आफ्नो रङ्ग पनि साँचिरहन्छ !!
**तीर्थराज अधिकारीका अरु कविता**
- अब फस्नुहुन्न
- भ्यागुताहरू
- नानीका बाउ !
- आकाशमाथिका आकाशहरू
- विह्वलता
- बिचरा पुतलीहरू
- फूल र आगाका रूपका मान्छेहरू
- अर्थ/अनर्थ
- प्रतीक्षा
- काल-कर्म
- लोभिँदा लोभिँदै
- होसियार !!
- आकाशसँग
- वास्तविकता
- जङ्गल
- मेरा माटाका विम्बहरू
- चमेराहरू
- पीपलका पातहरू
- जगत् चिडियाखाना
- जगत् चिडियाखाना
- उभिएकै छन्-बिचरा बुख्याँचाहरू
- आफन्त
- तिमी खुसी नै छौ
- आगो उसै जन्मिँदैन
- उस्तै-उस्तै रूपहरू
- माया, नाता र आफन्तहरू
- लिफ्टबाट झर्दै
- कलाकार नेताहरू
- मेरो प्रजातन्त्र
- नवजीवनको प्रतीक्षामा
- डाक्टर साहेब
- यसरी उठ्छ यथार्थ
- बुद्धिजीवी:अनौठो किंवदन्ती
- भीमोदय
- पानी
- पाठशाला कता खोजौॅं
- आज नेपाल बन्द छ ! (४)
- आज नेपाल बन्द छ- ३
- आज नेपाल बन्द छ- २
- आज नेपाल बन्द छ-१
- मकैका फूलहरू
- सपनामा हराएको बिपना
- बोटको अठोट
- भलिबल
- भ्रमजाल
- भेडा र गोठालाहरू
- सत्ता
- के प्रयोजन
- स्वतन्त्रता !
- राजनीतिका जुवाडेहरू
- कवि र दुनियाँ
- सलाम मुटुका मालिकहरूलाई
- घडीको टिकटिक
- बग्गीका घोडाहरू
- असहमति
- जडमूर्ति
- सलाम मुटुका मालिकहरूलाई
- छाया
- वाणीपुत्र ! महाकविमा समर्पित
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु