प्रदेश मन्त्री उर्मिला केसीलाई ललितपुर कांग्रेसद्वार बधाई कार्यक्रमको आयोजना
ललितपुर, बागमती प्रदेशकी नवनियुक्त युवा तथा खेलकुदमन्त्री उर्मिला केसीलाई नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरले बधाई तथा सम्मान गरेको छ। जिल्ला कार्यालय नखिपोटमा आयोजित कार्यक्रममा जिल्ला उपसभापति सुदर्शन घिमिरेले ललितपुरले दोस्रोपटक युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै मन्त्रीलाई बधाई दिए। वाग्मती प्रदेश कांग्रेसका सहमहामन्त्री ऋषिराम घिमिरेले निरन्तरको सामाजिक सेवा र राजनीतिक संघर्षकै…
