अगष्ट १६, भाद्रकृष्ण अष्टमी, श्रीकृष्ण जन्माष्टमी, कुटनीति र धर्मनीतिका श्रेयश्री श्रीकृष्ण

Spread the love

श्रीकृष्णजन्माष्टमी पर्व नेपालीहरुको बिश्वसमुदायले भगवान् श्रीकृष्णको पूजा-आराधना गरी मनाउदैछन्। श्रीकृष्ण भगवानलाइ कुटनीति र धर्मनीतिका श्रेयाश्री मानिछ। त्यसैगरी ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो। 

मोह गरेर आमा कैदमा हुँदै मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा जन्मेर अन्यत्र सारिएका हुनाले यस दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई ‘मोहरात्री’ भनिन्छ। 

यस दिन बिश्वभरिका नेपाली र अन्य कृष्णामार्गी र हिन्दु सनातनहरुले कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ।

नेपालको ललितपुर पाटनमा रहेको कृष्ण मन्दिरमा नेपालका राजतन्त्र हुँदा राजा र पछिल्लो समय राष्ट्रपति र अन्य भक्तजन श्रीकृष्ण जन्माष्टमीका दिन पूजाअर्चना गर्न जान्छन। 

बाल्यकालदेखि नै दहि र नहुनी चोरेर खाने जस्ता अद्भूत र विचित्र लीला देखाउने भएकाले श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ। आजकल नेपाली समुदायका घरका बालकहरुलाइ बालकृष्णको प्रतिक मानेर कृष्ण जस्तै बनाएर दहि, नहुनी (बटर) खुवाउने चलन छ।