रास्वपा उम्मेदवार खोज्न रुपन्देही जाने अन्य दलका नेता टिकेट किन्न काठमाण्डौ धाउने 

Spread the love

पंचायत देखि नै चर्चामा रहने गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको निधनपछि रुपन्देही ३ मा खाली रहेको सिटमा निर्वाचन आयोगले कात्तिक १७ मा उपनिर्वाचन मिति तोकेको छ। 

जसै रुपन्देहीको क्षेत्र नम्बर ३ मा उपनिर्वाचनको माहोल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनाएको छ। रास्वपा उपयुक्त उम्मेदवार चयन गर्न रुपन्देही गयो अन्य दलका नेता उम्मेवारी किन्न काठमान्डौ धाउन थालेका छन्। गत हप्ता ९ जनाको अन्तर्वातापछि अन्तिम छनोटको लागि प्राइमरी गर्ने भएको छ। 

अन्य दलहरुले जति सुकै सिफारिस लिने भनिएता पनि उम्मेदवारहरुसंग मोलतोल र आसेपासेलाइ टिकेट दिने गरेका छन्। त्यसमा पनि गुटको रोल मुख्य रहने गरेको छ। यदि कांग्रेस र एमालेप्रतिको बितृष्णा बढेर गयेकाले यो पटकको नतिजा पनि यी दलको पक्षमा देखिन्न।