पंचायत देखि नै चर्चामा रहने गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको निधनपछि रुपन्देही ३ मा खाली रहेको सिटमा निर्वाचन आयोगले कात्तिक १७ मा उपनिर्वाचन मिति तोकेको छ।
जसै रुपन्देहीको क्षेत्र नम्बर ३ मा उपनिर्वाचनको माहोल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनाएको छ। रास्वपा उपयुक्त उम्मेदवार चयन गर्न रुपन्देही गयो अन्य दलका नेता उम्मेवारी किन्न काठमान्डौ धाउन थालेका छन्। गत हप्ता ९ जनाको अन्तर्वातापछि अन्तिम छनोटको लागि प्राइमरी गर्ने भएको छ।
अन्य दलहरुले जति सुकै सिफारिस लिने भनिएता पनि उम्मेदवारहरुसंग मोलतोल र आसेपासेलाइ टिकेट दिने गरेका छन्। त्यसमा पनि गुटको रोल मुख्य रहने गरेको छ। यदि कांग्रेस र एमालेप्रतिको बितृष्णा बढेर गयेकाले यो पटकको नतिजा पनि यी दलको पक्षमा देखिन्न।
