भारतद्वारा नेपाली भूमी माथि गरिएको अतिक्रमणबारे रास्वपाद्वारा धारणा सार्वजनिक
वि.सं. २०८२ भदौ १० ने.सं. ११४५ ञंलाथ्व तृतीया विज्ञप्ति नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सन्धिसम्झौताहरूका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा हिमाल झै अडिग रहेको छ । नेपालको यस क्षेत्रमाथिको अधिकार ऐतिहासिक, भौगोलिक, राजनीतिक र कानुनी…
