धेरै क्षेत्रमा अँध्यारो छ, त्यसलाई हटाएर उज्यालो बनाउनु पर्नेछ:कुलमान घिसिङ (भिडियो सहित)

Spread the love

काठमाडौँ-नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकबाट लोडशेडिंग हटे  पनि अझै धेरै क्षेत्रमा अँध्यारो बाँकी रहेको र  त्यसलाई हटाएर उज्यालो मुलुक बनाउनु पर्ने बताएका छन्।  

सर्लाहीका आम नागरिकहरुको तर्फबाट आफुलाई गरिएको  नागरिक अभिनन्दनमा बोल्दै उनले अहिले नेपाली जनताले कुनै राजनीतिक विचारधाराभन्दा पनि प्रभावकारी सेवाप्रवाह, सुशासन, विकास र आर्थिक समृद्धि खोजेको उल्लेख गरे। आफुले गरेको काम देश विदेशमा रहेका नेपालीले प्रष्टैसँग देखेको तर सरकारले शून्य नम्बर दिएको उनले  बताए।

जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत आपूर्ति लिएका उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइएको उनले गुनासो गरे। सबै नागरिकको घरदैलोसम्म बिजुली पुराउने राज्यको दायित्व भएको पनि उनले बताए।

“यदि आर्थिक कारणले तपाईंको घर सम्म बिजुली पुगेको छैन भने वडाको सिफारिस सहित नजीकको विद्युत प्राधिकरणको कार्यालयमा जानोस्, सरकारले तपाईंको घरमा निशुल्क बिजुली जोडी दिन्छ,” उनले भने।

उनले आफु पदमा नभए पनि केहि समस्या परे आफुलाई सम्झन आग्रह गरे ।  

गत  बुधबार सर्लाहीको हरिवनमा उनलाई स्थानीय नागरिकले अभिनन्दन गरेका हुन्।

घिसिङलाई  दोसल्ला र ताम्रपत्रसहित नागरिक अभिनन्दन गरिएको थियो। देशमा लोडसेडिङ अन्त्य गरी विद्युत् प्राधिकरणमा सुधार गर्न भूमिका खेलेको भन्दै उनको अभिनन्दन गरिएको हो । चार महिना मात्रै पदावधि बाँकी रहेका घिसिङलाई  सरकारले गत चैत्र  महिनामा  प्राधिकरणबाट हटाएको थियो।

‘लोडशेडिङमुक्त’ नेपाल

करिब आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाल ‘लोडशेडिङमुक्त’ घोषणा गरिएको थियो।

विसं २०७३ सालकै तिहारबाट सहरहरूमा ‘लोडशेडिङ’ सकिएको जनाउँदै २०७५ साल वैशाखमा पूरै देशलाई लोडशेडिङबाट मुक्त बनाइएको थियो।

विसं २०७८ साउनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा घिसिङ दोस्रो पटक प्राधिकरण प्रमुखमा नियुक्त भएका थिए ।

तर प्रचण्ड हटेर एमाले-कांग्रेस गठबन्धन सरकार बन्ना साथै उनलाई स्पष्टिकरण सोध्न थलिएको थियो।  उद्योगहरूमा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल नतिरेका कारण प्राधिकरणले त्यहाँको विद्युत् काट्ने र त्यसो गर्न नदिने ऊर्जा मन्त्री दीपक खड्का  तथा  प्रधानमन्त्री केपी शर्मा ओलीसंग उनको सार्वजनिक रुपमा देखिने गरी तनाव बढेको  थियो।

कुनै बेला घाटामा रहेको विद्युत् प्राधिकरण ८४ अर्ब रुपैयाँ नाफामा पुगेको र चुहावट समेत १४ प्रतिशतले घटेको सरकारी विवरणमा देखिन्छ। चुहावटमा एक प्रतिशत कम गर्दा वार्षिक १ अर्ब रुपैयाँ जोगिने बताइन्छ।

घिसिङ नेतृत्वमा आएसँगै प्राधिकरणले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण गर्न १ खर्ब रुपैयाँ लगानी गरेको  बताइएको छ ।

विद्युत प्राधिकरणको नेतृत्वबाट बाहिरिए पछि आफ्नो भावी योजनाबारे घिसिङले केही बताएका छैनन्, यद्यपि उनी सक्रिय राजनीतिमा आउन सक्ने धेरैले अनुमान गरेका छन्।

2 thoughts on “धेरै क्षेत्रमा अँध्यारो छ, त्यसलाई हटाएर उज्यालो बनाउनु पर्नेछ:कुलमान घिसिङ (भिडियो सहित)

  1. Die Verifizierung mittels PayPal-Daten ist ein gängiges Verfahren in deutschen Online
    Casinos. Die StarGames-App ist ein perfektes Beispiel für ein mobiles Online Casino, das
    Spielern die Freiheit gibt, unterwegs zu spielen. Die Sicherheit in deutschen Paypal Casinos ist ein wesentlicher Aspekt,
    der Spieler anzieht.
    Diese Casinos erfüllen strenge regulatorische Anforderungen und bieten Spielern ein sicheres Umfeld für Online
    Glücksspiele. Ja, die besten Online Casinos bieten Freispiele
    oder Bonusguthaben ohne Einzahlung an. Wenn Sie eine Pause brauchen oder merken, dass Sie zu viel spielen, können Sie Ihren Account mit einer
    Mail an den Kundendienst einfach stilllegen.

    References:
    https://online-spielhallen.de/cosmo-casino-erfahrungen-mitglied-von-casino-rewards/

Leave a Reply