बहुविवाह गर्न पाउने कानुन बनाउनु हुँदैन भन्दै विज्ञप्ति दर्ता गरिन सांसद कार्कीले

Spread the love

पुरुषले बहुविवाह गर्न पाउने सम्बन्धी कानुन निर्माण हुँदैन भन्ने विषयले सामाजिक सञ्जाल र सञ्चार माध्यम तातेको छ। खैला बैला मचिएको छ। अधिकारकर्मीहरू आमरण अनसमै बसिरहनुभएको छ। सरकारले यस्तो गम्भीर विषयमा कत्ति पनि ढिलासुस्ती नगरी यथाशीघ्र र आजै जवाफ दिनुपर्छ भनि कानुन मन्त्रीलाइ भेटेरै आधिकारिक धारणाको मागसहित पत्र बुझाएकी छन् रास्वपा सांसद डा तोसिमा कार्कीले। 

मिति:२०८२।०४।१९

माननीय मन्त्रीज्यू। 

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय

सिंहदरबार, काठमाडौँ

विषय: बहुविवाह सम्बन्धी सार्वजनिक बहसको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण तथा स्पष्ट धारणा माग गरिएको बारे।

हालसालै सार्वजनिक मञ्चहरू, सामाजिक सञ्जाल, सञ्चार माध्यम तथा केही व्यक्ति–व्यक्तिबाट पुरुषले कानुनी रुपमा “बहुविवाह गर्न सक्ने खालको मस्यौदा तयार पारिदै ,  “बहुविवाह कानुनी रुपमा वैध हुने” वा “बहुविवाहलाई कानुनले पुनः मान्यता दिन लागिएको भन्ने जस्ता चर्चा चलिरहेको विषयले आम नागरिकहरूमा भ्रम फैलिएको अवस्था छ। विशेषगरि महिला अधिकारकर्मीहरुको अनशन लगाएतका गतिविधिले यो बिषयको गम्भिरता झनै स्पष्ट पार्दछ।

नेपालको प्रचलित कानुन, ” मुलुकी अपराध संहिता, २०७४” को दफा १७५ अनुसार बहुविवाह एक दण्डनीय अपराध हो भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छ। तर यसै विषयमा यथार्थ बिना चर्चा हुनु, गलत सन्देश प्रवाह हुनु र सामाजिक सद्भावमा असर पर्नु अत्यन्त गम्भीर विषय हो।

तसर्थ, निम्न बुँदाहरूमा मन्त्रालयको आधिकारिक स्पष्टिकरण अनुरोध गरिन्छ:

१.⁠ ⁠के हालसालै बहुविवाह सम्बन्धी कुनै कानुनी संशोधन प्रस्ताव, मस्यौदा वा छलफल मन्त्रालयमा चलिरहेको छ? यदि छ भने सो मस्यौदाको उद्देश्य कानुनी  आधार र नितिगत सोच के हो?  

२.⁠ ⁠”बहुविवाहलाई फेरी कानुनले मान्यता दिन लागेको भन्ने चर्चा सत्य हो वा होइन भन्ने विषयमा मन्त्रालयको धारणा के छ?  

३.⁠ ⁠यस्ता सूचना यदि गलत हुन भने तिनको खण्डन वा जनचेतनामूलक आधिकारिक वक्तव्य मन्त्रालयले जारी गर्ने योजना के  रहेको  छ ?

४.⁠ ⁠सो प्रक्रिया संविधान, अन्तराष्टिय , मानवअधिकार, सन्धि र महिला अधिकार सम्वन्धि प्रतिवद्धतासंग कसरी मेल खान्छ?

यस पत्रमार्फत मन्त्रालयमा हाम्रो विश्वास, नागरिक उत्तरदायित्व र विधिको शासनमा दृढता व्यक्त गर्दै यथाशीघ्र यथार्थ जानकारी सार्वजनिक गरिदिनुहुन अनुरोध गर्दछौं ।                                                                                                              

 मा. डा . तोसिमा कार्की

 प्रतिनिधि सभा सदस्य 

 ललितपुर क्षेत्र नं. ३